कायरो – इजिप्टको संसद्ले युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट जोगाउन कानून बनाउन पहल सुरु गरेको छ । सांसदहरूले पश्चिमी देशहरूले अपनाइरहेका कदमहरूलाई ध्यानमा राख्दै ‘डिजिटल अराजकता’ विरुद्ध बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई विनियमित गर्ने उपायहरू खोज्ने बताएका छन् । हाउस अफ रिप्रेजेन्टेटिभ्सले आइतबार जारी गरेको विज्ञप्तिमा नयाँ कानूनले बालबालिकाहरूले सामना गरिरहेको डिजिटल असुरक्षा र अनियन्त्रित […]