चन्द्र ढकालका छोरादेखि कुलमानको भान्जासमेत समानुपातिक सूचीमा परेपछि विवादमा रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूलाई नयाँ, वैकल्पिक र पुरानो राजनीतिक संस्कृतिको कटु आलोचकका रूपमा स्थापित गरेको थियो । युवा पुस्ताको आकांक्षा र परम्परागत राजनीतिको निराशालाई पुँजीकृत गर्दै अगाडि बढेको यस दलले समावेशिता, पारदर्शीता र योग्यतालाई प्राथमिकता दिने दाबी गरेको थियो । तर, मंगलवार सार्वजनिक गरिएको समानुपातिक उम्मेदवारहरूको सूचीले ती सबै दाबीलाई खण्डन गरेको छ । […]