बलिउड अभिनेता शाहरूखको ‘जवान’ आजबाट प्रदर्शनमा

काठमाडौं– बलिउड अभिनेता शाहरुख खान स्टारर फिल्म ‘जवान’ आज बिहीबारबाट प्रदर्शनमा आएको छ ।  अग्रिम बुकिङमा पनि फिल्म आक्रामक देखिएको छ । भारतमा ७० करोड भारु हाराहारीको ओपनिङ गर्ने लक्ष्य लिइएको फिल्मले नेपालमा पनि आक्रामक कमाइ गर्ने आँकलन गरिएको छ ।  एट्लीको निर्देशन रहेको यो फिल्ममा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायतको अभिनय छ ।

सम्बन्धित सामग्री

नेपाली दर्शकलाई हलमा गई आफ्नो फिल्म हेरिदिन जोनको अनुरोध

एजेन्सी । बलिउड अभिनेता जोन अब्राहम स्टारर फिल्म 'मुम्बई सागा' आजबाट प्रदर्शनमा आएको छ । भारतसँगै विभिन्न देशहरुमा एकैसाथ प्रदर्शनमा आउने यस फिल्म नेपालका हलहरुमा पनि लाग्दैछ ।

शाहरूख र दीपिका अभिनीत फिल्म 'पठान' आजबाट प्रदर्शनमा

बलिउड अभिनेता शाहरूख खान र दीपिका पादुकोण अभिनीत फिल्म 'पठान' आजदेखि प्रदर्शनमा आएको छ । फिल्म विश्वभर ७७ सय स्क्रिनमा एकसाथ प्रदर्शनमा आएको हो ।