प्रेस युनियनको नवौं महाधिवेशन जेठ २८ र २९ गते काठमाडाैंमा

काठमाडौं । लोकतन्त्रवादी पत्रकारहरूको साझा संस्था नेपाल प्रेस युनियन विभाजनको संघारमा पुगेको छ । जेठ १३ र १४ गते हेटौंडामा गर्ने भनिएको नवौं महाधिवेशनको मिति भदौमा सारिएपछि असन्तुष्ट भएको एउटा खेमाले शुक्रबार बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा विशेष भेला आयोजना गरेको थियो । भेलाले युनियनको नवौं महाधिवेशन २८ र २९ जेठमा काठमाडौंमा गर्ने निर्णय गरेको छ । […]