अनधिकृत व्यापार नियन्त्रण हेतु व्यापार, पारवहन र सहकार्यसम्बन्धी नेपाल–भारत अन्तर–सरकारी उपसमिति (आइजीएससी) को बैठक काठमाडौँमा सम्पन्न भएको छ । पुस २७ र २८ गते दुई दिनसम्म चलेको बैठकमा विभिन्न मन्त्रालय र विभागका प्रमुख प्रतिनिधि सम्मिलित नेपाली टोलीको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले गर्नुभएको थियो । त्यस्तै काठमाडौँस्थित भारतीय राजदूतावास तथा विभिन्न …