इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदै

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदैछन् । बेलुका सवा ६ बजे आर्सनल र न्युक्यासल खेल्दैछन् । यस्तै पौने नौ बजे लिभरपुल र साउथ ह्याम्प्टन खेल्दैछन् । २५ अंकसहित तेस्रो स्थानमा रहेको लिभरपुल आज विजयी भएमा २८ अंकसहित दोस्रो स्थानमा पुग्नेछ । पौने नौ बजे नै उल्भ्स र नर्विच सिटी तथा क्रिष्टल प्यालेस र एस्टन भिल्ला खेल्दैछन् भने राति सवा ११ बजे ब्राइटन र लिड्स खेल्दैछन् । 

सम्बन्धित सामग्री

न्युक्यासलसँग चेल्सी ४ गोलले पराजीत

काठमाण्डौं, मंसिर १० । जारी इङ्ग्लिस प्रिमियर लिग फुटबल अन्तरगत गएराती भएको खेलमा न्युक्यासल युनाइटेडले चेल्सीलाई ४–१ गोलले हराएको छ । दोस्रो हाफको ७३औँ मिनेटमा रिस जेम्स दोहोरो पहिलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा सीमित भएको थियो । न्युक्यासल २३ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ । चेल्सी १६ अङ्कसहित १०औँ स्थानमा झरेको छ […]

प्रिमियर लिगमा सात खेल हुँदै

लामो समय विश्राममा रहेको इङ्ग्लिस प्रिमियर लिग फुटबल आजबाट सुरु हुँदैछ । कतार विश्वकप २०२२ का लागि स्थगित भएका खेलहरु बक्सिङ डेसँगै सुरु हुने भएको हो । पहिलो दिन सात खेलहरु हुनेछन् ।साँझ सवा ६ बजे ब्रेन्टफोर्ड र टोटनहम भिड्दैछन् । यसैगरी पौने ९ बजे चार खेलहरू हुने तालिका छन् । लेस्टर सिटी र न्युक्यासल युनाइटेड, एभर्टन र उल्भ्स, क्रिस्टल प्यालेस र फुलहम तथा साउथह्याम्पटन र ब्राइटनबीच एकै समयमा प्रतिस्पर्धा हुनेछ । यसैगरी सवा एघारबजे एस्टन भिल्ला र लिभरपुलबीच प्रतिस्पर्धा हुँदा पौने दुई बजे आ

इङ्ग्लिस प्रिमियर लिग : चेल्सीको पहिलो हार

साउथह्याम्पटनसँग मंगलबार राति २-१ ले पराजित हुँदै चेल्सीले  इङ्ग्लिस प्रिमियर लिग फुटबल २०२२/२३ मा पहिलो हार बेहोरेको छ  ।घरेलु टोली साउथह्याम्पटनको जितमा  रोमिओ लाभिया र एडम आर्म्सट्रोङले एक एक गोल गरे । यसअघि चेल्सीका रहिम ट्रर्लिङले खेलको २३ औं मिनेटमा अग्रता लिएका थिए । जितसँगै साउथह्याम्पटन ५ खेलमा ७ अंक जोडेर सातौं स्थानमा छ । चेल्सी ७ अंक जोडेर आठौं स्थानमा  छ । यस्तै, अन्य खेलमा फुलहमले ब्राइटनलाई २-१ ले हरायो । क्रिस्टल प्यालेस र ब्रेन्टफोर्ड तथा  लिड्स युन

रोमाञ्चक खेलमा म्यानचेस्टर सिटीले आर्सनललाई हरायो

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबल (ईपीएल) मा म्यानचेस्टर सिटीले आर्सनललाई हराएको छ । ९० मिनेटसम्म खेल १–१ गोलको बराबरीमा रहेकोमा इन्जुरी समयको तेस्रो मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई जिताए । यसअघि सिटीका रियाज महरेज र आर्सनलका साकाले गोल गरेका थिए । आर्सनलका ग्याब्रियलले ५९ मिनेटमा रातोकार्ड पाएपछि आर्सनल १० खेलाडीमा सीमित रहेको थियो । आजको जितसँगै सिटीको ५३ अङ्क भएको छ । दोस्रो स्थानको चेल्सीभन्दा सिटी ११ अङ्कले अघि रहेको छ । आर्सनल भने ३५ अङ्कसहित चौथो स्थानमा छ ...

खेलाडीलाई जातीय दुव्र्यवहार गर्ने पक्राउ

लन्डन, (एजेन्सी) इङ्ग्लिस प्रिमियर लिग फुटबल क्लब टोटेनह्याम हट्सपरका खेलाडीहरूलाई जातीय दुव्र्यवहार गर्ने आठ जना पक्राउ परेका छन् । टोटेनह्यामका खेलाडीहरूलाई जातीय दुव्र्यवहार गरेको भन्दै त्यहाँको नगर प्रहरीले आठ जनालाई पक्राउ गरेको जनाएको हो । अभियुक्त सबैलाई सामाजिक सञ्जालमार्फत् टोटेनह्यामका खेलाडीलाई जातीय दुव्र्यवहार गरेको आरोप लगाइएको छ । जातीय दुव्र्यवहारका सम्बन्धमा टोटेनह्यामका खेलाडीहरूले गुनासो गरेपछि […]

इङ्ग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडसँग क्रिस्टल प्यालेस पराजित

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत क्रिस्टल प्यालेससँगकाे खेलमा लिड्स युनाइटेड विजयी भएको छ ।  क्रिस्टल प्यालेसलाई २–० गोलले पराजित गर्दै लिड्स युनाइटेड विजयी भएको हो । जितसँगै लिड्सले एक स्थान सुधार गरेको छ ।  यसअघि ११ औँ स्थानमा रहेको लिड्स युनाइटेड ३२ अंकसहित १० औँ स्थानमा पुग...

टोटनह्‍यामको प्रभावशाली जित, सन एक्लैले गरे चार गोल

काठमाडौं : इङ्ग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार भएको खेलमा टोटनह्‍यामले साउथह्याम्पटनविरुद्ध प्रभावशाली जित निकालेको छ। टोटनह्‍यामले साउथह्याम्पटनलाई ५-२ गोल अन्तरले पराजित गर्दा दक्षिण कोरियाली स्ट्राइकर ह्‍‍युङ मिन सनले ह्याट्रिकसहित चार गोल गरे। सिजनको पहिलो खेलमा एभर्टनसँग पराजित टोटनह्‍यामले दो...