सरकारले एउटै डिजिटल प्ल्याटफर्ममार्फत अधिकांश सार्वजनिक सेवा दिने गरी ‘नागरिक एप’ सुरु गर्नु आफैंमा सकारात्मक थालनी हो । झन्डै तीन वर्षदेखि तयारी थालिएको यस एपलाई सूचना प्रविधि दिवसको अवसर पारेर आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका हुन् ।