जुम्ली किसानलाई मार्सी धान रोपाइँ भ्याइनभ्याइ

जुम्ला – जुम्लाका किसानलाई यो याममा मार्सी धान रोपाइँ गर्न भ्याइनभ्याइ भएको छ । बिहानदेखि रातिसम्म खेतमा किसान व्यस्त हुने गरेका छन् । जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर धान रोपाइँ हुने गरेको गुठिचौर गाउँपालिका स्थानीयवासी राज्यलक्ष्मी देवकोटाले जानकारी दिए । पछिल्लो समय मार्सी धानको चामलले बजार पाएपछि किसान मार्सी धान रोपाइँप्रति आकर्षित हुन […]

सम्बन्धित सामग्री

जहाँ एकै दिन सुरु गरिन्छ मार्सी धान रोपाइँ

कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–९ को जिउलामा मार्सी धान रोपाइँ सुरु भएको छ । कर्णालीकै राम्रो मार्सी धान उत्पादन हुने चिल्खायाको जिउलामा सोमबारदेखि रोपाइँ सुरु भएको हो । वर्षमा एउटा बाली मार्सी धान मात्र लगाउने चिल्खायाको खेतमा सबै किसानले एकै साथ धान रोपाइँ सुरु गरेका छन् । वडा नं ९ का वडाध्यक्ष नरेन्द्रबहादुर रोकायाले अन्य गाउँका नागरिकको सहयोगमा सबै घरपरिवारका सदस्यले एकै दिन मार्सी रोप्न सुरु गरेको बताउनुभयो । अध्यक्ष रोकायाले आज एक जनाले भोलि अर्को एक जना गर्दै पालैपालो धान रोपाइँ गर्दा एकैनासको उत्पादन नहुने परम्परागत विश्वास रहेकाले एकै दिन रोपाइँ गर्ने चलन रहेको बताउनुभयो ।

मार्सी धान रोपाइँको उल्लास

पोषणयुक्त मार्सी धानको संरक्षण र प्रवर्धन गर्न जुम्लाका किसान र स्थानीय सरकार जुटेका छन् । विश्वकै अग्लो स्थानमा धान फल्ने छुमचौर ज्युलोमा पनि मार्सी धान रोपाइँ गर्न महोत्सव नै आयोजना गरिएको छ ।

तस्बिरहरू: जुम्लामा मार्सी धान रोपाइँ

जुम्लाको मौलिक मार्सी धान उत्पादन हुने पातारासीस्थित छुमचौर जिउलोमा रोपाइँ सुरु भएको छ । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री भीमप्रकाश शर्माले मार्सी धानको बिउ खेतमा रोपेर छुमचौर जिउलोमा यस सिजनको मार्सीधान रोपाइँ सुरु गरेका हुन् ।

निषेधाज्ञामै किसानलाई रोपाइँको चटारो

कोरोना महामारी जारी रहेका बेला जुम्लाका किसान रोपाइँ गर्ने व्यस्त छन् । कोरोना नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपनि जुम्लाका विभिन्न स्थानमा किसानहरु काली मार्सी धान रोपाइँ गरिरहेका छन् ।हरेक वर्षको चैत दोस्रोत हप्तामा राखेका धानको बेर्ना एक महिनामा रोप्न तयार भएसँगै किसानलाई रोपाइँ गर्न चटारो भएको हो । जुम्लाका ८ वटै स्थानीय तहमा […]