पृथ्वी राजमार्गमा सडक भासिँदा यातायात अवरुद्ध

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भासिँदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भासिएको हो । सडकको भाग तलबाट भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि […]

सम्बन्धित सामग्री

पहिरोले पृथ्वी राजमार्गस्थित डुम्रे–याम्पा सडक अवरुद्ध

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको डुम्रे–याम्पा खण्डमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । बन्दीपुर गाउँपालिका–५ याम्पामा आइतबार मध्याह्न १२ बजे पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।

आँबुखैरेनीमा सडक भासिएपछि यातायात अवरुद्ध

पृथ्वी राजमार्ग अन्तर्गत जिल्लाको आँबुखैरनी गाउँपालिका-४ साँखरस्थित ड्याम साइटमा सडक भासिदा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

धादिङ । गल्छी गाउँपालिका वडा नम्बर–७ स्थित गल्छीमा गए रातिदेखि सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सडक विभाग र स्थानीयवासीको संयुक्त प्रयासले पहिरो पन्छाउने काम जारी रहेको गल्छी–७ का वडाध्यक्ष हरि खतिवडाले जानकारी दिए । यातायात अवरुद्ध हुँदा दसैँका लागि घर हिँडेका यात्रुले सास्ती व्यहोर्नुपरेको छ । यातायात साधन...

सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

गल्छी गाउँपालिका  वडा नं ७ स्थित गल्छीमा गए रातिदेखि सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सडक विभाग र स्थानीयवासीको संयुक्त प्रयासले पहिरो पन्छाउने काम जारी रहेको गल्छी –७ का वडाध्यक्ष हरि खतिवडाले जानकारी दिए ।यातायात अवरुद्ध हुँदा दसैंका लागि घर हिँडेका यात्रुले सास्ती व्यहोर्नुपरेको छ । यातायात साधन नचल्दा १० किलोमिटर लामो लाम लागेको छ । यसैगरी नौबिसे–नागढुङ्गा सडकमा सवारीसाधन बिग्रिएका कारण यातायात अवरुद्ध भएको छ । सवारीसाधनको चाप भएका कारण यातायात जाम भएको हो