काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई व्यंग्य गर्दै मंगलबार ट्वीटरमा बालाजु–रानीपौवा खण्डमा पर्ने हिलाम्य सडकको भिडियो राखे । भिडियोसँगै दाहाललाई सोधे, ‘श्रीमान् प्रचण्डज्यू, उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो आठ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अंगरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ?’ बालेन्द्रको प्रश्नले विकास परियोजना अलपत्र पार्ने ठेकेदारलाई मलजल गर्ने राजनीतिक नेतृत्वलाई फेरि एक पटक सार्वजनिक कठघरामा उभ्याएको छ ।