गृह मन्त्रालयले गर्यो बुटबलका डिएसपी ठगबहादुर केसीलाई निलम्बन

काठमाडौं। गृह मन्त्रालयले इलाका प्रहरी कार्यालय बुटबलका प्रहरी नायब उपरीक्षक(डिएसपी) ठगबहादुर केसीलाई निलम्बन गरेको छ। प्रहरी प्रधान कार्यालय नक्सालको सिफारिसमा केसीलाई गृहले बिहीबार निलम्बन गरेको हो। डिएसपी केसीमाथि सुन व्यापारीसँग घुर लिएको आरोप लागेको थियो। आरोपका छानबिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरेको थियो। अनुसन्धानमा केसीले व्यापारीबाट ३५ तोल सुन बरामद गरी मुद्दा प्रक्रियाअघि नबढाई पैसा बार्गेनिङ गरेको खुलेको थियो।