चाडपर्व विशेष : पर्वतका छ ठाउँबाट यात्रु र ट्राफिक व्यवस्थापन गरिँदै

पर्वत : चाडपर्वहरू नजिकिँदै जाँदा यात्रु तथा सवारी साधनहरूसँग सम्बन्धित विभिन्न योजना कार्यान्वयनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जिल्लाका मुख्य–मुख्य छ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ।कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार चाडपर्वको बेलामा यात्रुहरूको चहलपहल बढ्दा  सवारी साधनले गर्ने लापरबाही, यात्रुहरूले गर्ने लापरबाही तथा सवारी र यात्रु पक्षमा आउन सक्ने समस्या समाधानको लागि जिल्लाका चारै दिशालाई समेट्ने गरी यात्रु सहायता कक्ष स्थापना गरिएक