सामसङले फाइभजी प्रविधि सुरु गर्ने तयारी

सामसङले फाइभजी प्रविधि छिट्टै सुरु गर्ने भएको छ। कम्पनीले भर्खरै मात्र फाइभजीको लागि तयार उपकरणहरू उपलब्ध गराउन पूर्ण तयार भएको जनाउदै फाइभजी प्रविधि छिट्टै सुरु गर्ने जनाएको हो।...

सम्बन्धित सामग्री

सुरु भयो ‘फाइभजी’ परीक्षण

नेपाल टेलिकमले ‘फाइभजी’ सेवाको परीक्षण (ट्रायल टेस्टिङ) आइतबारबाट सुरु गरेको छ । काठमाडौंको बबरमहल र सुन्धारास्थित टेलिकमको कार्यालयबाट परीक्षण सुरु गरिएको कम्पनीले जनाएको छ । फाइभजी कम्प्याटिबल अर्थात् फाइभजी सुविधा भएका मोबाइल डिभाइस प्रयोगकर्ताले परीक्षण अवधिभर उल्लेखित दुई ठाउँमा फाइभजी चलाउन सक्ने कम्पनीले जनाएको छ ।

मोबाइल नभेटिएपछि सर्‍यो फाइभजी परीक्षण

प्रयोग गर्न मिल्ने मोबाइलको सीमितताले फाइभजी परीक्षण केही ढिला सुरु हुने भएको छ । यसअघि पुस १७ गते (जनवरी १) परीक्षणको तयारी गरिए पनि फाइभजी प्रयोग गर्न मिल्ने मोबाइल नै कम भएपछि नेपाल टेलिकमले तोकिएको

मोबाइलको सीमितताले सर्‍यो फाइभजी परीक्षण

काठमाडौं, पुस २३ । प्रयोग गर्न मिल्ने मोबाइलको सीमितताले फाइभजी परीक्षण केही ढिला सुरु हुने भएको छ । यसअघि पुस १७ गते (जनवरी १) परीक्षणको तयारी गरिए पनि फाइभजी प्रयोग गर्न मिल्ने मोबाइल नै कम भएपछि नेपाल टेलिकमले तोकिएको समयमा सुरु गर्न सकेको थिएन । यद्यपि परीक्षणका लागि आवश्यक प्रणालीको परीक्षण भने सम्पन्न भइसकेको कम्पनीले […]

मोबाइल नभेटिएपछि सर्‍यो फाइभजी परीक्षण

काठमाडौं । प्रयोग गर्न मिल्ने मोबाइलको सीमितताले फाइभजी परीक्षण केही ढिला सुरु हुने भएको छ । यसअघि पुस १७ गते (जनवरी १) परीक्षणको तयारी गरिए पनि फाइभजी प्रयोग गर्न मिल्ने मोबाइल नै कम भएपछि नेपाल टेलिकमले तोकिएको समयमा सुरु गर्न सकेको थिएन । यद्यपि परीक्षणका लागि आवश्यक प्रणालीको परीक्षण भने सम्पन्न भइसकेको कम्पनीले जनाएको छ […]

नेपाल टेलिकमको फाइभजी परीक्षण स्थगित

नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) ले नेपालमै पहिलो पटक आइतबारबाट सुरु हुने भनिएको फाइभजी परीक्षण स्थगित भएको छ । कम्पनीले प्राविधिक रुपमा आवश्यक आन्तरिक परीक्षण पूरा नभएको भन्दै तत्कालका लागि ट्रायल नहुने बताएको छ । यसअघि टेलिकमले अंग्रेजी नयाँ वर्षको दिन पारेर १ जनवरीदेखि फाइभजी ट्रायल सुरु गर्ने बताएको थियो । तर नेपालमा हाल उपलब्ध फाइभजी […]

जनवरीदेखि सुरु हुँदै फाइभजी

काठमाडौं : नेपाल टेलिकमले जनवरी १ (पुस १७) देखि सर्वसाधारणका  लागि  फाइभजी  सुविधा  उपलब्ध  गराउने भएको छ। परीक्षणकै   रूपमा भए  पनि उक्त मितिदेखि  सर्वसाधारणका  लागि  समेत  फाइभजी  उपलब्ध   गराउने   गरी   तयारी   भइरहेको   टेलिकमका  प्रवक्ता  शोभन  अधिकारीले  जानकारी  दिए। “जनवरीदेखि सर्वसाधारणलाई फाइभजी सुविधा दिने पूर्वतयारीअनुसार नै काम भइरहेको छ,” उनले भने। &nb

भारतमा फाइभजी मोबाइल सेवाको औपचारिक उद्घाटन

प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार देशमा फाइभजी मोबाइल सेवाको औपचारिक उद्घाटन गरेका छन् । प्रधानमन्त्री मोदीले फाइभजीको सुरुवात गरेपछि शनिबारदेखि नै देशका आठ सहरमा फाइभजी सेवा सुरु भएको छ ।आगामी वर्षसम्म यो सेवा देशभर विस्तार गर्ने योजना छ । दिल्लीमा आयोजित ‘इन्डिया मोबाइल कांग्रेस २०२२’ नामक कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले यो सेवा सुरु गरेका हुन् । यससँगै फाइभजी सेवाले देशमा अति उच्च गतिको इन्टरनेटको बाटो खोल्नेछ ।औपचारिक उद्घाटनपछि एयरटेलका अध्यक्ष सुनिल मित्तलले आफ्नो

फाइभजी परीक्षण तत्काल सुरु गर्न टेलिकमलाई निर्देशन

सरकारले नेपाल टेलिकमलाई तत्काल फाइभजी परीक्षण सुरु गर्न निर्देशन दिएको छ । टेलिकमको १८ औं वार्षिकोत्सव समारोहमा शनिबार सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तत्काल फाइभजी परीक्षण सुरु गर्न टेलिकमलाई निर्देशन दिएका हुन् । कार्यक्रममा मन्त्री कार्कीले फाइभजी सहित एलटीई प्रविधिको फोरजी आयोजना र मध्यपहाडी राजमार्गमा अप्टिकल फाइबर बिछ्याई सूचना महामार्ग निर्माण गर्न […]

फाइभजी परीक्षणमा अन्योल, दूरसञ्चार प्राधिकरणले लिनसकेन निर्णय

नेपाल दूरसञ्चार प्राधिकरणले यसै वर्ष फाइभजी परीक्षण सुरु गर्ने भनेर घोषणा गरे पनि यसको प्राविधिक विषयमा अन्योल देखिएको छ ।  फाइभजी परीक्षणको लागि चाहिने दुुई महत्वपूर्ण पक्ष भनेको फ्रिक्वेन्सी र उपकरण हुन् । यि दुई विषयलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्णय लिन सकेका छैनन् ।  सरकारले नेपाल टेलिकमबाट फाइभजी...