बागमती प्रदेश सरकार आजभोलि नै परिवर्तन हुन सक्छ : दुलाल

नेकपा माओवादी केन्द्रका नेता एवम् बागमती प्रदेशसभा सदस्य युवराज दुलाल ‘शरद’ले प्रदेश सरकार परिवर्तन हुने भएको खण्डमा आजभोलि नै हुनसक्ने बताएका छन् । उनले रातोपाटीसँगको कुराकानीमा सरकार परिवर्तन हुने भएको खण्डमा केही दिनमै हुने अन्यथा परिवर्तन नहुने बताए ।‘सरकार परिवर्तनको छलफल सुरु भएको छ । परिवर्तन भएको खण्डमा आजभोलि नै हुन्छ, यसको मतलब २/३ दिनभित्रै हुन्छ । नभए सरकार परिवर्तन हुँदैन,’ उनले भने, ‘यही सरकार निरन्तर जान्छ ।’ उनले सरकार परिवर्तनका लागि प्रदेशस्त