मधेश प्रदेशमा सरकार गठनको चहलपहल

धनुषा : संघीय सरकारमा भएको नयाँ सत्ता समीकरणको प्रभाव मधेश प्रदेश सरकार गठनमा समेत पर्ने भएको छ।नयाँ सत्ता गठबन्धनअनुसार मधेश प्रदेशमा सरकार गठन गर्न चाहिने न्यूनतमभन्दा बढी सिट पुगेको अवस्था रहेको भए पनि सरकारको नेतृत्वबारे अझै टुंगो लागेको छैन। प्रदेशमा सत्ता घटक नेकपा (एमाले) प्रत्यक्ष र समानुपातिक गरी २३ सहित ठूलो दल बनेको छ। जनता समाजवादी पार्टीसित १६, जनमत पार्टीसित १३, नेकपा (माओवादी केन्द्र) सित आठ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीसँग एक/एक सिट छ । संघम