राष्ट्रियसभा विशेष समय : कसले के भने ?

राष्ट्रियसभा सदस्य कृष्णप्रसाद पौडेलले स्थानीय तहलाई बलियो पार्न आवश्यक कानून बनाउनुपर्ने बताएका छन् । सोमबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य पौडेलले स्थानीय तहलाई बलियो पार्न आवश्यक कानून बनाउनुपर्ने बताएका हुन् । उनले आवश्यक स्रोत, साधन र जनशक्तिको व्यवस्थापन गर्नुपर्नेमा पनि जोड दिए । उनले स्थानीय तहलाई बलियो बनाउन नसके जनताको इच्छा र आकांक्षालाई पुरा गर्न नसकिने बताए ।उनले भने– ‘स्थानीय तह भनेको लोकतन्त्रको आधारस्तम्भ हो । लोकतन्त्रको प्राणवायु हो । त्यसैले