कोरोनाका कारण वरिष्ठ साहित्यकार सुवेदीको निधन

काठमाडौं । वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको कोरोना संक्रमणका कारण ७६ वर्षका उमेरमा आज बिहान निधन भएको छ । उनको केही दिनयता सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने त्यसअघि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो । वि.सं. २००२ साउन १९ गते पाँचथरमा जन्मिएका सुवेदीका कविता, निबन्ध, प्रबन्ध समालोचना आदि...