राष्ट्रपतिलाई 'हु आर यु' भनेका शम्भु थापालाई ओलीका निजी वकिल पन्तको काउन्टर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका निजी वकिल सुशील पन्तले निदेवकका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता शम्भु थापालाई जवाफ फर्काएका छन्। बहसको पहिलो दिनमा अन्तिममा आएर डेढ घण्टा बहस गरेका वरिष्ठ अधिवक्ता शम्भु थापाले अधिकांश समय राष्ट्रपतिको आलोचनामै खर्चिएका थिए। राष्ट्रपतिलाई ‘हु आर यु’ समेत भन्न भ्याएका थिए उनले। उनको बहस…

सम्बन्धित सामग्री

राष्ट्रपति भण्डारीमाथि किन खनिए शम्भु थापा?

काठमाडौँ: वरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यशैलीलाई लिएर प्रश्नै-प्रश्न गरेका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा निवेदक शेरबहादुर देउवाका तर्फबाट बहस गर्दै थापाले प्रधानमन्त्री संविधानले जन्माउने हो कि राष्ट्रपतिले भनेर प्रश्न गरे। थापाले बहुमत सांसदको निर्णय रोक्ने अधिकार राष्ट्रपतिलाई नभएको पनि बताए। आफ्नो निर्णयको न्यायिक पुनरवलोकन हुन नसक्ने राष्ट्रपतिको…

प्रतिनिधिसभा विघटन — बहस पुनः शुरु

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस शुरु भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा, बद्रीवहादुर कार्की, महादेव यादव अधिवक्ताद्वय खम्बवहादुर खाती र गोविन्द बन्दीले बहस गर्नु भएको छ ।     वरिष्ठ अधिवक्ता थापाले देउवालाई प्रधानमन्त्रीका लागि प्रतिनिधिसभाका २७५ सांसदमध्ये १४९ ले हस्ताक्षर सहित बुझाएको आधार नै संसदमा विश्वासको मत प्राप्त गर्ने बलियो आधार रहेको बताउनुभयो । “संविधानको धारा ७६ (५) अनुसार नै प्रधानमन्त्री पदमा देउवाका लागि बुझाएको १४९ जनाको हस्ताक्षरसहित दावी पेश गरेपछि आधार पुग्यो भन्ने बुझिन्छ कि बुझिदैन”, उहाँले भन्नुभयो, “ १४९ जना मसँग छ भनेर दावी पेश गरेपछि ऊसँग बहुमत छैन त ? श्रीमान ! ”     उहाँले १ सय ४९ जनाको लिखित हस्ताक्षरसहित दावी गरेपछि नेकपा (एमाले)का २६ जनाले, जसपाका १२ जनाले भोट हाल्न पाउँदैन भन्ने अधिकार राष्ट्रपतिलाई नभएको जिकिर गर्नुभयो ।

'प्रतिनिधिसभा मरेको छैन, अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्नुस्'

संविधानविद् तथा वरिष्ठ अधिवक्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ८ गते गरेको प्रतिनिधि सभा विघटन कुनै हालतमा संवैधानिक नठहर्ने भन्दै  सभामुखलाई आफ्नो भूमिका बढाउन सुझाव दिएका छन् ।संविधानविद्, डा. चन्द्रकान्त ज्ञवाली, भीमार्जुन आचार्य, वरिष्ठ अधिवक्ताहरू शम्भु थापा तथा टिकाराम भट्टराई लगायतले यस्तो सुझाव दिएका हुन् ।प्रतिनिधि सभा विघटनपछि सभामुख सापकोटाले बिहीबार संविधानका जानकारहरुसँग गरेको परामर्शमा उनीहरुले यस्तो सुझाव दिएका हुन् ।सुझाव