कोटिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको छेडगाड नगरपालिकाको एउटा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षविरुद्ध मुद्दा भ्रष्टाचार दर्ता गरेको छ।भ्रष्टाचारको आरोपमा छेडगाड नगरपालिका-१ को कोटिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिपबहादुर बस्नेतविरुद्ध विशेष अदालत काठमाडौंमा आज मुद्दा दर्ता गरेको आयोगले जनाएको छ।अध्यक्ष बस्नेतले ३ वर्षअघि समूहको नाममा रहेको २ लाख ५५ हजार रूपैयाँ हिनामिना गरेको पाइएकाले सोही अनुसारको सजाय मागदाबी गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जान

सम्बन्धित सामग्री

जाजरकोटस्थित कोटिला सामुदायिक वनका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जेठ ९, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको छेडागाड नगरपालिका १ को कोटिला सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष दिप बहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अध्यक्ष बस्नेतले कोटिला सामुदायिक वन उपभोक्ता समूहको घुम्तिकोषबाट दिइएको ऋण रकम नगदै बुझी समूहको अभिलेखमा दाखिला नगरेको, समूहको नाममा रहेको बैंक खातामासमेत जम्मा नगरेको अख्तियारको आरोप छ ।  अध्यक्ष बस्नेतले कोटिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिप बहादुर बस्नेतले घुम्तिकोष अन्तर्गत ऋण प्रवाह भएको रकम नगदै बुझी समूहको अभिलेखमा दाखिला नगरेको, समूहको नाममा रहेको बैंक खातामा समेत जम्मा नगरेको अख्तियारले बताएको छ । बस्नेतलाई दुई लाख ५५ हजार रुपैयाँ बिगो दाबी गरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

वन उपभोक्ता समूहका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको छेडागाड नगरपालिका वडा नं. १ स्थित कोटिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिप बहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अध्यक्ष बस्नेतले २ लाख ५५ हजार रुपैयाँ हिनामिना गरेको ठहर गर्दै अख्तियारले आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । कोटिला सामुदायिक वन उपभोक्ता समूहको घुम्तिकोषबाट […]

वन उपभोक्ता समूहका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको छेडागाड नगरपालिका वडा नं. १ स्थित कोटिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिप बहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनले २ लाख ५५ हजार रुपैयाँ हिनामिना गरेको ठहर गर्दै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । कोटिला सामुदायिक वन उपभोक्ता समूहको घुम्तिकोषबाट दिइएको ऋण रकम, कुलो तथा घोरेटो बाटो निर्माण रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानमा अध