१० बुँदे घोषणापत्र जारी गर्दै थारू साहित्य सम्मेलन सम्पन्न

१० बुँदे घोषणापत्र जारी गर्दै छैठौँ राष्ट्रिय थारू साहित्य सम्मेलन सम्पन्न भएको छ । कैलालीको कृष्णपुर नगरपालिका–५ स्थित सिंहपुरमा फागुन १२ देखि १४ गतेसम्म भएको सम्मेलनले थारू भाषा, साहित्य, संस्कृतिको विकासका लागि थारू साहित्यिक सङ्घसंस्था, भाषाप्रेमी, लेखक, प्रकाशक, सम्पादक एकजुट भई सहकार्य गर्न प्रतिबद्धता जनाइएको छ ।साथै थारू मातृभाषामा पठनपाठन कार्यान्वयनका लागि थारूबाहुल्य पालिकाका विद्यालयमा पठनपाठनका लागि सहकार्य गर्ने, थारू लोकसाहित्य तथा लोकसंस्कृतिको संरक्षण र प्रवद्र्धनसँगै दस्त