नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजन गरेर गएका तत्त्वसँग चुनावी तालमेल या पार्टी एकता नहुने बताएका छन् ।
‘साथीहरूलाई कुनै भ्रम नराख्न आग्रह गर्छु, पार्टी विभाजन गरेर गएका तत्त्वसँग पार्टी एकता वा चुनावी तालमेल हुँदैन, त्यस्तालाई नो इन्ट्री,’ शुक्रवार पार्टीको भर्चुअल प्रशिक्षणका क्रममा ओलीले भने ।
ओलीले स्थानीय तहको चुनावमा राष्ट्रियस्तरमा कुनै शक्तिसँग तालमेल नहुने स्पष्ट गरे । ‘सामान्यत चुनाव एक्लै लड्छौं, हामीलाई आफूप्रति जनताको भरोसा छ विश्वास छ भन्ने विश्वास छ । स्थानीयस्तरमा भएछ भने...