नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलन आगामी असोजमा हुने भएको छ । केन्द्रीय समितिको भर्चुअल बैठकले ‘शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चिताका लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा २२औँ राष्ट्रिय सम्मेलन’ भन्ने नाराका साथ असोज ८ देखि १० गतेसम्म सम्मेलन काठमाडौँमा गर्ने निर्णय गरेको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । यसका लागि विभिन्न १० उपसमितिसमेत गठन गरिएको छ । मूल व