सबै किराना पसलमा दैनिक उपभोग्य वस्तुको मूल्य सूची राख्न ललितपुर महानगरपालिकाको निर्देशन

काठमाण्डौ – ललितपुर महानगरपालिकाले महानगरभित्रका सबै किराना पसलमा दैनिक उपभोग्य वस्तुको मूल्य सूची राख्न निर्देशन दिएको छ । लकडाउनको नाममा बढी मूल्यमा सामान बेचिरहेको गुनासो आएको भन्दै महानगरपालिकाले सूचना निकालेर सबै किराना पसलमा दैनिक उपभोग्य वस्तुको मूल्य सूची राख्न निर्देशन दिएको हो । यसको अनुगम...

सम्बन्धित सामग्री

निषेधाज्ञामा उपभोग्य वस्तुको मूल्य वृद्धि

रोल्पा (अस) । निषेधाज्ञाको मौका पारेर रोल्पाका व्यापारीहरूले दैनिक उपभोग्य वस्तुमा मनोमानी मूल्य वृद्धि गरेको पाइएको छ । निषेधाज्ञा हुनुभन्दा पहिले प्रतिकेजी १२० रुपैयाँ पर्ने सोयाबिन अहिले २००, प्रतिकेजी ९० पर्ने केराउ अहिले १२० र १०० रुपैयाँ पर्ने आधा लिटर तोरीको तेल (प्याकेट) व्यापारीहरूले १२० रुपैयाँमा विक्री गर्दै आएका छन् । यस्तै दाल, चामल लगायत सबैजसो दैनिक उपभोग्य वस्तुमा २० देखि ५० प्रतिशतभन्दा बढीसम्म मूल्य तिर्नुपरेको गुनासो उपभोक्ताहरूको छ । बिहीवार मात्रै रोल्पा नगरपालिका–२ लिबाङस्थित पवित्रा स्टोरमा दैनिक उपभोग्य वस्तु खरिदका लागि गएका एक उपभोक्ताले एक्कासि सबै सामानको मूल्य वृद्धि भएको पाइएको बताए । ‘पटक पटक पसल जाँदा संक्रमणको डर हुने भएकाले सबै सामान एकैपटक खरिद गर्न खोज्दा मूल्य वृद्धि भएको पाएँ,’ ती उपभोक्ताले भने, ‘यसरी मूल्य वृद्धि हुने हो भने त हामी जस्ता मजदूरलाई बाँच्न गाह्रो छ ।’ निषेधाज्ञाको समयमा स्थानीय प्रशासनले बजार अनुगमन नगर्ने र बजारमा मूल्य सूची पनि कतै नराखिएकाले व्यापारीहरूले मनोमानी मूल्य वृद्धि गरेका हुन् । दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि हुँदा दैनिक जोहो गरेर जीविका उपभोक्ता बढी मर्कामा पर्दै आएका छन् ।