राज्यमन्त्री श्रेष्ठले गरे खोप भण्डारण केन्द्रको निरीक्षण

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आज खोप भण्डारण केन्द्रको निरीक्षण गरेका छन् ।  टेकु र त्रिभुवन विमानस्थलस्थित खोप भण्डारण केन्द्रको निरीक्षण गरेका हुन् ।  उनको साथमा स्वास्थ्य सचिव रोशन पोखरेल, प्रमुख विशेषज्ञ दीपेन्द्ररमण सिंह पनि थिए । राज्यमन्त्री श्रेष्ठले भण्डारणको अवस्था,भण्डारण क्षमता विस्तार तथा आपूर्तिको प्रभावकारिता अभिवृद्धि गर्न आवश्यक कार्य तदारुकताका साथ अघि बढाइने बताए ।