काठमाडौँ । नेपाल, मलेसिया र नेदरल्याण्ड सम्मिलित त्रिदेशीय बजाज पल्सर ट्राइ नेसन्स क्रिकेट सिरिज आगामी वैशाखको पहिलो सातादेखि हुने भएको छ ।
वैशाख ४ देखि ११ गतेसम्म उक्त प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।