साहस उर्जाले साउन २९ गतेदेखि आईपीओ बिक्री गर्ने

काठमाडौं।साहस उर्जाले साउन २९ गतेदेखि साधारण शेयर(आईपीओ) जारी गर्ने भएको छ।कम्पनीले उक्त मितिदेखि आयोजना प्रभावित स्थानीयबासीका लागि आईपीओ बिक्री खुलाउने भएको हो।प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यका दरले ३५लाख कित्ता सेयर सोलुखुम्बुवासी स्थानीयका लागि निष्कासन गर्न लागेको हो।शेयरको बिक्री बन्द छिटोमा भदौ ११ गते र ढिलोमा भदौ २७ गते हुनेछ।कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ।

सम्बन्धित सामग्री

धौलागिरी लघुवित्तको आईपीओ बिक्री खुला

काठमाडौं : धौलागिरी लघुवित्तले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको हो। यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो। यो मध्ये ५ प्रतिशत अर्थात् १६ हजार ५५० कित्ता सामूहिक लगानी कोष र ०  दशमलव ५५ अर्थात् ५ हजार १५५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ।बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। यसमा साउन २९ गतेसम्म आवेदन द