अमेरिकामा गोली चल्दा ६ जनाको मृत्यु, ९ घाइते

काठमाडौं : अमेरिकाको क्यालिफोर्निया राज्यको राजधानी साक्रामेन्टोमा भएको सशस्त्र भीडन्तमा  छ जनाको मृत्यु  छ। घटनामा  नौ जना घाइते भएका छन्। “घटनामा कम्तीमा १५ जनालाई गोली लागेको र उनीहरूमध्ये छ जनाको मृत्यु भएको छ।” त्यहाँको प्रहरी विभागले भनेको छ। साक्रामेन्टोमा गोली हानाहान भएपछि प्रहरीले धेरै सडकहरू बन्द गरको थियो । विगत केही वर्षमा संयुक्त राज्य अमेरिकाभरि बन्दुक आक्रमण बढ्दै गएको छ।सन् २०२० को चुनावको शिलशिलामा तनाव बढेसँगै बन्दुक बिक्रीमा वृद्धि हुनु र