भूमि वर्गीकरण नहुँदा घरजग्गा कारोबार आधा घट्यो

चालू आर्थिक वर्ष ०७९/८० मा घरजग्गा कारोबार आधा घटेको छ । घरजग्गा कारोबार घटेपछि सरकारले संकलन गर्दै आएको राजस्व संकलनमा समेत गिरावट आएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको...

सम्बन्धित सामग्री

कित्ताकाट खुल्न थालेसँगै चितवनमा घरजग्गाको कारोबारमा सुधार

चितवन । तरलता सहज र कित्ताकाट खुल्न थालेसँगै चितवनमा घरजग्गा कारोबार बढ्न थालेको छ । चालु आर्थिक वर्ष (आव) ०७९/८० को जेठमा लाभकरसहित भरतपुर मालपोत कार्यालयले १६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो चालु आवको अहिलेसम्मकै सबैभन्दा बढी कारोबार भएको छ । कार्यालय प्रमुख शेरबहादुर भण्डारीले वैशाखमा घटेको कारोबार जेठमा पुनः बढेको बताए । वैशाखमा भने लाभकरसहित ११ करोड ८७ लाख रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ । गत चैतमा भने कार्यालयले १५ करोड ५० लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।  कार्यालयबाट चालु आवमा कुल २ अर्बजतिको राजस्व संकलन लक्ष्य लिए पनि असार महिनासम्म १ अर्ब ६० करोड हाराहारी मात्र राजस्व संकलन हुने अनुमान गरिएको प्रमुख भण्डारीले बताए । तरलतामा कम, बैंकको व्याज बृद्धि र सहजरूपमा ऋण प्रवाह कम भएसँगै घरजग्गा कारोबारमा समेत ठूलो असर परेको हो ।  पालिकाले जग्गाको वर्गीकरण गरेर कित्ताकाट फुकुवा हुन थालेपछि जेठयता भने कारोबार केही बढ्न थालेको छ । स्थानीय तहहरूले जग्गाको वर्गीकरण गरी बुझाएपछि कित्ताकाट खुला भएको हो । घरजग्गाको कारोबार सुधारपछि लाभकरको दर बढ्दा राजस्व पनि बढेको भण्डारीले बताए । कृषि र गैरकृषि भूमि वर्गीकरण गरी कित्ताकाटमा सहजीकरण गर्ने स्थानीय तहहरूको संख्या बढेसँगै घरजग्गा कारोबारले गति लिन थालेको प्रमुख भण्डारीको भनाइ छ । ‘स्थानीय तहहरूले जग्गाको वर्गीकरण गरी बुझाएपछि कित्ताकाट खुला भएसँगै कारोबारमा त सुधार आएको छ,’ प्रमुख भण्डारीले भने, ‘कारोबारले सोचेजस्तो गति भने लिन सकेको छैन ।’  अपेक्षाअनुसार कारोबार हुनका लागि भने हालको आर्थिक समस्या नै हट्नुपर्ने उनको भनाइ छ । निकै सुस्त रहेको घरजग्गा कारोबारमा सुधार आउन थालेपछि व्यवसायीमा केही आशा पालाएको छ ।  ‘जताततै आर्थिक मन्दी छ । पैसा नभएपछि जतिसुकै सुविधा दिए पनि खासै प्रभाव पर्दैन,’ प्रभु हाउजिङ्गका अध्यक्ष केशव कार्कीले भने, ‘साना साना कारोबारले हामी व्यवसायीलाई खासै प्रभाव पार्दैन ।’ बैंकको व्यादर कम हुने र सहजरूपमा लगानी गर्न पाउने हो भने घरजग्गाका कारोबारमा सुधार आउने उनको भनाइ छ । ‘घरजग्गा कारोबार उकालो लाग्न सबै संयन्त्र, ऐननियम व्यवसायीमैत्री हुनुपर्छ,’ उनले भने ।