धनगढी : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनाव अघि माओवादी लगायत कुनै पनि पार्टीसँग पार्टी एकता नहुने बताएका छन्। धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले भने, माओवादीसँग एकता हुन थाल्यो भनेर कसैले ‘हार्टवीट’ बढाउन जरुरी छैन हामी चुनावअघि कसैसित पनि एकता गर्दैनौ, चुनावपछि छलफल गरौंला।यो गठबन्धन कहिलेसम्म रहन्छ भन्ने पत्रकारको प्रश्नमा उनले गठबन्धन कहिलेसम्म रहन्छ भन्ने ज्योतिषीलाई थाहा होला तर यो संसद रहँदासम्म गठबन्धन रहन्छौ। उनले आगाम