कित्ता नम्बर फरक परेपछि जग्गाधनीहरू अन्योलमा

भद्रपुर, (झापा) : मेची-महाकाली विद्युतीय रेलमार्ग अन्तरगत काँकडभिट्टा-इटहरी खण्ड निर्माण कार्यका प्रकाशित जग्गा अधिग्रहणको सूचनामा कित्ता नम्बर फरक परेपछि जग्गाधनीहरू अन्योलमा परेका छन्।  बिर्तामोड नगरपालिका वडा नम्बर २, ३, ४ र ७ का रेलवे प्रभावित जग्गाधनीहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराउन डा. लक्ष्मीप्रसाद ...

सम्बन्धित सामग्री

हिमालयन बैंकको १५ लाख ४० हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले १५ लाख ४० हजार ७४ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो । उल्लेखित शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यो शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ । बैंकले प्रदिप कुमार विडारीको नाममा रहेको ३५ हजार ९८० कित्ता, प्रभा गोयन्का भीमसरीयाको नाममा रहेको १४ लाख ५१ हजार १८४ कित्ता र जस्मिन तन्डुकारको नाममा रहेको ५२ हजार ९१० कित्ता शेयर विक्रीमा ल्याएको हो । यी शेयरहरूको विक्री मूल्य विक्रेता अनुसार फरक रहेकाले मूल्यसम्बन्धी जानकारीका लागि भने केन्द्रीय कार्यालयमा सम्पर्क राख्नसमेत बैंकले अनुरोध गरेको छ ।

जग्गा–अदालत उही, फैसला फरक

पर्सा कारागारलाई विपक्षी बनाएर दर्ता भएको एउटै जग्गाको मुद्दामा जिल्ला अदालतले फरक–फरक फैसला गरेको छ । वीरगन्ज–५ कित्ता नम्बर २९ को ३ कठ्ठा जग्गामा पर्सा अदालतले २०६१ चैत २५ र तत्कालीन पुनरावेदन अदालत हेटौंडाले २०६४ वैशाख १७ मा वादी दाबी नपुग्ने भन्दै कारागारको हक स्थापित गरेको थियो ।

जग्गा–अदालत उही, फैसला फरक

पर्सा कारागारलाई विपक्षी बनाएर दर्ता भएको एउटै जग्गाको मुद्दामा जिल्ला अदालतले फरक–फरक फैसला गरेको छ । वीरगन्ज–५ कित्ता नम्बर २९ को ३ कठ्ठा जग्गामा पर्सा अदालतले २०६१ चैत २५ र तत्कालीन पुनरावेदन अदालत हेटौंडाले २०६४ वैशाख १७ मा वादी दाबी नपुग्ने भन्दै कारागारको हक स्थापित गरेको थियो ।

जग्गा–अदालत उही, फैसला फरक

पर्सा कारागारलाई विपक्षी बनाएर दर्ता भएको एउटै जग्गाको मुद्दामा जिल्ला अदालतले फरक–फरक फैसला गरेको छ । वीरगन्ज–५ कित्ता नम्बर २९ को ३ कठ्ठा जग्गामा पर्सा अदालतले २०६१ चैत २५ र तत्कालीन पुनरावेदन अदालत हेटौंडाले २०६४ वैशाख १७ मा वादी दाबी नपुग्ने भन्दै कारागारको हक स्थापित गरेको थियो ।

सर्वोत्तम सिमेन्ट आईपिओ: २४ लाख कित्ता शेयरको लागि आजबाट आशयपत्र पेश गर्ने समय

सर्वोत्तम सिमेन्टको आईपिओको लागि आजदेखि योग्य संस्थागत लगानीकर्ताले आशयपत्र पेश गर्न सक्ने छन् भएका छन् । कम्पनीले आइतबार रोड सो कार्यक्रम सम्पन्न गरेसंगै आज सोमबार अर्थात् असार २० गतेदेखि आशयपत्र पेश गर्न सक्ने भएका हुन्। योग्य संस्थागत लगानीकर्ताले असार २४ गतेसम्म दिउँसो १:३० बजेभित्र नेपाल स्टक एक्सचेन्ज नेप्सेको कार्यालयमा आशय पत्र पेश गरिसक्नु पर्ने छ। आशयपत्रमा योग्य संस्थागत लगानीकर्ताले आफुले खरिद गर्न चाहेको शेयरसंख्या र प्रति कित्ता खरिद आशय मूल्य पेश गर्नु पर्ने छ। यदि कम्पनीले पेश गरेको अनुमानित मूल्य भन्दा फरक हुने गरि आशय मूल्य पेश गरेमा  मुल्यांकनको आधार समेत पेश गर्नु पर्ने छ ।  संगठित संस्थाले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी आधार मूल्य तय गर्नुपर्ने र उक्त आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य माथिल्लो सीमा र २० प्रतिशत घटाउदा कायम हुने मूल्य तल्लो सीमा हुने गरी मूल्य सीमा निर्धारण गर्नुपर्ने छ । बोर्डमा धितोपत्र दर्ता भई योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गर्न तयार गरेको धितोपत्रको मूल्य सीमा सहितको विवरणपत्र स्वीकृत भएपश्चात् योग्य संस्थागत लगानीकर्तालाई बोलकबोल मार्फत् धितोपत्र निष्काशन गर्नुपर्ने छ ।कुनै एक योग्य संस्थागत लगानीकर्ताले निष्काशित धितोपत्रको २० प्रतिशतभन्दा बढी धितोपत्रको लागि बोलकबोल प्रस्ताव पेश गर्न नपाइने तथा कबोल गरेको शत प्रतिशत रकम तोकिएको निष्काशन बैंक खातामा जम्मा गर्नुपर्ने वा आवेदकको बैंक खातामा रोक्का राख्नुपर्ने वा गुड फर पेमेन्ट चेक पेश गर्नुपर्ने छ । योग्य संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्र पूर्ण रुपमा बिक्री हुदाँ कायम हुने मूल्य (कट अफ मूल्य) निर्धारण गरी कट अफ मूल्य र सो भन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरुलाई माग बमोजिमको धितोपत्र कट अफ मूल्यमा बाँडफाँड गर्नुपर्ने, कट अफ मूल्यमा आवेदन गर्ने लगानीकर्तालाई माग बमोजिमको धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिक रुपमा बाँडफाँट गर्नुपर्ने तथा बाँडफाँटमा नपरेको रकम बाँडफाँट भएको तीन कार्य दिनभित्र आर्जित व्याजसहित फिर्ता गर्नुपर्ने वा खाता फुकुवा गर्नुपर्ने छ ।सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्ने छ । कम्पनीले ६० लाख कित्ता आईपिओ निष्काशन गर्ने तयारी गरेको छ । जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको छ । यो बुक विल्डिङको नियम नै हो । बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी हुनेछ।  सस्थागत लगानीकर्तालाई निष्काशन गरेको धितोपत्र बजारमा सूचिकरण भएको मितिले छ महिना सम्म बिक्री वा हस्तान्तरण गर्न सक्ने छैन । कम्पनीले आइतबार आईपिओ निष्काशनको लागि आइतबार संस्थागत लगानीकर्ताहरुसँग छलफल गरेको हो । रोड सो समेत भनिने यस छलफल कार्यक्रम आज आइतबार होटेल र्याडिसनमा भएको हो । कम्पनीले निष्काशन तथा विक्री प्रबन्धकको परामर्शमा धितोपत्रको अनुमानित मूल्य तथा मूल्यांकनको आधार र औचित्य समेत खुलाइएको प्रारम्भिक विवरणपत्र तयार गरी योग्य संस्थागत लगानीकर्तासँग छलफल कार्यक्रम (Roadshow) संचालन गरेको हो ।कार्यक्रममा बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले कम्पनीको शेयर मूल्यको भ्यालुएसन कसरी गरियो भन्नेबारे जानकारी दिएका थिए । त्यस्तै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष केसीले कम्पनीको हालको अवस्था र भावी योजनाबारे जानकारी दिएका थिए । कम्पनीका अध्यक्ष विष्णु प्रसाद न्यौपाने र सीइओ केसीले योग्य संस्थागत लगानीकर्ताले उठान गरेका जिज्ञासा सम्बोधन गरेका थिए  ।बिक्रि प्रबन्धक तथा सहायक बिक्रि प्रबन्धकहरुले सर्वोत्तम सिमेन्टको आईपिओको मूल्य प्रति कित्ता ६२७ रुपैयाँ ०६ पैसा जायज हुने निष्कर्ष निकालेका हुन् । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटल र सह बिक्रि प्रबन्धकहरु एनआईबिएल एस क्यापिटल तथा प्रभु क्यापिटलले कम्पनीको भ्यालुएसन मूल्य प्रति कित्ता ६२७ रुपैयाँ ०६ पैसा जायज हुने निष्कर्ष निकालेका हुन् । बिक्रि प्रबन्धकहरुले गुणात्मक (क्वालीटेटिभ)  र मात्रात्मक (क्वान्टिटेटिभ) कारकहरुको विश्लेषण गरेर यो मूल्य तय गरेको जनाएको छ ।गुणात्मक कारक तर्फ १६ वटा कारण पेश गरिएको छ भने मात्रात्मक तर्फ  ५ वटा तरिका अपनाएको उल्लेख गरिएको छ ।

हैन ! आइपीओ भरेजस्तै मेयरको उम्मेदवारी?

शहरमा फेरि रमिता सुरु भएको छ। चर्का नारा सुनिन थालेका छन्। नयाँ नयाँ अनुहारहरु नेता बन्ने दौडमा। पुराना अनुहार पनि उत्तिकै छन् रेसमा। स्थानीय तहको निर्वाचनमा उम्मेदवार दिनेको लहर छ – सेयर खुल्दा आइपीओ भर्नेजस्तै। १० कित्ता पर्नु भाग्य बनिसक्यो आजकल। त्यसैले उम्मेदवारको दावेदारी आइपीओभन्दा फरक रहेन। पार्टीले कसलाई टिकेट…

सेयर बजारमा कमाउने, गुमाउने र जोगाउने

जति नै सचेत, सजग र सक्षम कारोबारी, लगानीकर्ता र सेयरधनीले पनि सामान्यतः कित्ता, बिट्टा र सत्ता एकैपटक कमाउन र जोगाउन सक्दैन । सेयर बजारमा सबै जना आउने कमाउनै हो । समय–परिस्थितिअनुसार कमाउने कुरा फरक हुन सक्छ । प्रायः बिट्टा (पैसा) कमाउन, कोही कित्ता (सेयर वा युनिट) कमाउन र निकै थोरै सत्ता (कम्पनीको) कमाउन आउँछन् । […]

देउवा र आफु बिचको फरक लाइन एक हुनेछ : पौडेल

इनरुवा / नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी भित्र सभापति र आफु बिच देखा परेको फरक धार र लाइन निर्णायक मोडमा क्लियर हुने बताउनु भएको छ । पौडेलले संसद विघटन पश्चात उत्पन्न परिस्थितिलाई लिएर काँग्रेस भित्र देखिएको कित्ता काटको अवस्था सँगै फरक विचार र धार एक हुनेमा आफु विश्वस्त रहेको बताउनु भएको हो ।... The post देउवा र आफु बिचको फरक लाइन एक हुनेछ : पौडेल appeared first on Purbeli News.