उद्योग संगठन मोरङद्वारा सरकारलाई विभिन्न सुझाव पेश

काठमाडौं । उद्योग संगठन मोरङले औद्योगिक तथा आर्थिक क्षेत्रका विषयमा सरकारलाई विभिन्न सुझाव दिएको छ । संगठनका अध्यक्ष सुयश प्याकुरेल नेतृत्वको प्रतिनिधिमण्डलले सोमवार अर्थमन्त्री जनार्दन शर्मा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूलाई भेटेर आगामी आर्थिक वर्षको बजेटमा समेटिनुपर्ने विषयबारे सुझाव पेश गरेको हो । संगठनका अध्यक्ष प्याकुरेलले चालू आर्थिक वर्षको बजेटमा समावेश भई कार्यान्वयन हुन नसकेका विषयवस्तु आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नुपर्ने बताए । युवा उद्यमीलाई स्टार्टअप व्यवसायमा अभिप्रेरित गर्न परियोजना धितो राखेर १ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म उपलब्ध गराउन संगठनले सुझाव दिएको छ । त्यस्तै स्टार्टअप व्यवसायको दर्ता, नवीकरण अन्य सेवा एकद्वार प्रणालीबाट नि:शुल्क उपलब्ध गराउन १ अर्ब रुपैयाँको च्यालेञ्ज फण्डको व्यवस्था कार्यान्वयनमा जोड दिएको छ । त्यस्तै सुनसरीको अमरडुवामा विशेष आर्थिक क्षेत्र स्थापना गर्न सम्भाव्यता अध्ययन गरिने र विराटनगरमा प्रदर्शनी स्थललाई स्तरोन्नति गरिने विषय चालू आर्थिक वर्षमा कार्यान्वयन नभएको भन्दै आगामी आर्थिक वर्षको बजेटमा कार्यान्वयनमा ल्याउन सुझाव दिएको छ । साथै अघिल्लो आर्थिक वर्षको भन्दा थप परिमाण तथा मूल्यको सामग्री निर्यात गर्नेलाई थप अनुदान दिने व्यवस्था कार्यान्वयन हुनुपर्ने र निर्यात अनुदानलाई उत्पादकसम्म पुर्‍याउनुपर्ने माग गरिएको छ । यसैगरी स्वदेशी उद्योगको संरक्षणका लागि सेफगार्ड, एण्टिडम्पिङ र काउन्टरभेलिङ कानून कार्यान्वयनमा संगठनले जोड दिएको छ । छिमेकी मुलुकसँगको वाणिज्य तथा व्यापार सन्धि पुनरवलोकन गरिनेबारे चालू आर्थिक वर्षको बजेटमा उल्लेख भए पनि कार्यान्वयन नभएको भन्दै संगठनले आगामी आर्थिक वर्षमा कार्यान्वयनका लागि समावेश गर्न सुझाव दिएको छ । भारत र चीनबाट प्राप्त पारवहन सुविधाको अधिकतम उपयोग गरी तेस्रो मुलुकसँगको व्यापार विस्तार गरिने अपेक्षा आगामी आर्थिक वर्षको बजेटबाट गरिएको संगठनले बताएको छ ।

सम्बन्धित सामग्री

अर्थतन्त्र समस्यामा पर्दा विवाद निम्तिनु प्रत्युत्पादक : उद्योग संगठन मोरङ

उद्योग संगठन मोरङले अर्थतन्त्र संकटोन्मुख भइरहँदा नियमनकारी निकायबीच समन्वय खल्बलिएकोप्रति चिन्ता व्यक्त गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गरेपछि संगठनले अर्थतन्त्र थप जटिल हुनेतर्फ चिन्ता व्यक्त गर्दै विज्ञप्ति जारी गरेको हो ।लामो समयदेखि वित्तीय क्षेत्रमा तरलता अभाव, बढ्दो ब्याजदर तथा युक्रेन–रूस द्वन्द्वबाट अन्तराष्ट्रिय बजारमा भएको मूल्यवृद्धि जस्ता आन्तरिक एवम् बाह्य परिस्थितिजन्य कारणहरूले गर्दा मुलुकको समग्र अर्थतन्त्रका सूचकहरू संकटको दिशामा

मुल्यवृद्धि नियन्त्रण गर्न सरकारले कर कटौती गर्नुपर्छः उद्योग संगठन मोरङ

मोरङ– बढ्दो मुल्यवृद्धिबाट उपभोक्तालाई राहत दिन सरकारले तत्कालका लागि कर कटौतीमा ध्यान दिनुपर्ने सुझाव उद्योग संगठन मोरङले दिएको छ। उद्योग संगठन मोरङका अध्यक्ष सुयेशराज प्याकुरेलले अन्तर्राष्ट्रिय अभ्यासमा समेत बजारमा वस्तुको मुल्यवृद्धि हुँदा कच्चा पदार्थलगायतको उत्पादनको क्रममा प्रयोग हुने वस्तुमा लगाउँदै आएको करमा कटौती गर्ने प्रचलन रहेको बताए। युक्रेन र रुसको युद्ध, पेट्रोलियम पदार्थमा मुल्यवृद्धि, डलरको […]

उद्योग संगठन मोरङ–श्रीलंकाली राजदूत भेटवार्ता

विराटनगर (अस) । उद्योग संगठन मोरङका प्रतिनिधि र श्रीलंकाली राजदूत हिमाली अरुणतिलकाबीच भेटवार्ता भएको छ । काठमाडौंस्थित श्रीलंकालीे दूतावासमा हालै भएको भेटघाटमा द्विपक्षीय व्यावसायिक तथा व्यापारिक सम्बन्ध, उद्योग व्यवसायको प्रवद्र्धन र विकासका लागि आपसी अनुभव, शीप तथा ज्ञान, प्रविधि, पर्यटन, व्यापार तथा लगानीका क्षेत्रमा सहकार्यबारे छलफल भएको छ । सो अवसरमा संगठनका अध्यक्ष सुयश प्याकुरेलले दुई देशबीच धार्मिक तथा सांस्कृतिक समानतालाई आर्थिक एवं व्यावसायिक महत्त्व र अवसरमा रूपान्तरणको सम्भावनाबारे संगठनले चासो राखेको उल्लेख गरे । पर्यटनको क्षेत्रमा श्रीलंका र नेपालबीच व्यावसायिक सम्बन्धको विकास, आपसी अनुभव तथा प्राविधिक ज्ञान आदान प्रदान गर्न नेपाली उद्योगी र श्रीलंकाका उद्योगीहरूबीच सम्बन्ध विस्तारका लागि सहजीकरण गरिदिन उनले राजदूतलाई अनुरोध गरे । संगठनका वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारकाले निर्यातमूलक उद्योगको प्रवद्र्धनका लागि श्रीलंकाले गरेको सफल अभ्यासका अनुभव तथा प्रयासबारे नेपाली उद्योगी जान्न र बुझ्न उत्सुक रहेको बताए । राजदूत अरुणतिलकाले श्रीलंका र नेपालबीच उत्पादनमूलक उद्योग, निर्माण, पर्यटन लगायत धेरै क्षेत्रमा सहकार्यको सम्भावना रहेको भन्दै दुई मुलकका उद्योगी तथा व्यवसायीबीच सहजीकरण गर्न आपूm तयार रहेको बताए । दूतावासकै पहलमा उद्योग संगठन मोरङ र सिलोन नेशनल चेम्बर अफ इन्डस्ट्रिजबीच संस्थागत सहकार्यका लागि २७ जनवरीमा समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको संगठनका महानिर्देशक चूडामणि भट्टराईले जानकारी दिए ।

उद्योग संगठन मोरङ र स्विस राजदुतबीच भेट

काठमाडौं, असोज १८ । नेपालका लागी स्विस राजदुत एलिजाबेथ क्यापेलरले उद्योग संगठन मोरङसँग औद्योगिक दक्षजनशक्ती उत्पादनमा सहकार्यको सम्भावना रहेको बताउनुभएको छ । संगठनका पदाधिकारी र राजदुत क्यापेलरबिच सोमबार सचिवालयमा भएको भेटघाटमा स्विटजरलैण्ड र नेपाल बिच हुन सक्ने व्यवसायीक तथा ब्यापारीक सम्बन्ध, लगानीको सम्भावनाका साथै संगठनले सञ्चालन गरिरहेको सिप विकास कार्यक्रमका बिषयमा छलफल भएको हो । […]

औद्योगिक तथ्यांक संकलनमा जुट्दै उद्योग संगठन मोरङ

मोरङ – उद्योग संगठन मोरङले सुनसरी मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक तथ्यांक संकलन सुरु गरेको छ। संगठनका अध्यक्ष सुयश प्याकुरेलले सो क्षेत्रमा औद्योगिक तथ्यांकको विस्तृत जानकारीका लागि आइतबारबाट कार्य सुरु गरिएको बताएका छन्। उनले एकपटक तथ्यांकसहित तयार भएपछि नियमित अद्यावधिक गरिने योजना रहेको जानकारी दिए। अध्यक्ष प्याकुरेलका अनुसार दुवै क्षेत्रका उद्योगको तथ्यांक गणकले […]

उद्योग संगठन मोरङको उत्प्रेरणामूलक कार्यक्रम

उद्योग संगठन मोरङले उद्योगी व्यवसायीका लागि क्षमता अभिवृद्धिका लागि उत्प्रेरणामूलक कार्यक्रमको आयोजना गरेको छ । कोरोना महामारीका कारण उद्योग–व्यवसायलगायतका क्षेत्रहरुले भोग्नु परेको व्यावसायिक समस्या समाधानका लागि उद्देश्यले उद्योग संगठन मोरङ र नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले संयुक्तरुपमा सो कार्यक्रमको आयोजना गरेका हुन् ।कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले विश्वव्यवापी महामारीले सिर्जना गरेको आर्थिक संकटले सबै […]

उद्योग संगठन मोरङ पूर्वाञ्चल विश्वविद्यालयबीच समझदारि

उद्योग संगठन मोरङले स्व.महेन्द्र गोल्छा औद्योगिक अध्ययन केन्द्र सञ्चालनमा ल्याएको छ । संगठनले पूर्वाञ्चल विश्वविद्यालयसँगको सहकार्यमा लिंकेज अभिवृद्धि गरी आर्थिक विकासका विविध आयामहरुमा अध्ययन अनुसन्धान गर्ने जनाएको छ ।औद्योगिक अध्ययन केन्द्रलाई मुलुककै आर्थिक एवं औद्योगिक क्षेत्रको नमुना सिकाई केन्द्रका रुपमा विकास गरिने लक्ष्यका समझदारीपत्रमा हस्ताक्षर भएको छ । उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले औद्योगिक […]

उद्योग संगठन र मोरङ व्यापार संघको स्वदेशी उत्पादनको प्रवद्र्धन अभियान

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले स्वदेशी उत्पादनको प्रबद्र्धन गर्न घरदैलो अभियान थालेका छन् ।मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले प्रदेश राजधानी विराटनगरबाट घरदैलो अभियान सुरू गरेका हुन् । स्वदेशी वस्तुको उपभोग अभिवृद्धि गरी देशलाई आत्मनिर्भर बनाउँदै सम्मुनत राष्ट्र निर्माणमा सहयोग पु¥याउने लक्ष्यका साथ सुरु अभियानको दोस्रो चरण प्रारम्भ गरिएको संगठनका अध्यक्ष सुयश […]