महालेखा प्रतिवेदनको निष्कर्ष

सरकारी आयव्ययको हिसाबकिताब जाँच्ने संवैधानिक आयोग महालेखा परीक्षकको कार्यालयले सरकारी खर्चमा पारदर्शिता थप घटेको निष्कर्ष निकालेको छ । आव २०७६/७७ को वार्षिक प्रतिवेदनमा महालेखाले सरकारी बेरुजू ४ खर्ब १८ अर्ब ८५ करोड पुगेको तथ्यांक सार्वजनिक गरेको छ । महालेखाको यो ५८औं वार्षिक प्रतिवेदनले सरकारी खर्चमा वित्तीय उत्तरदायित्व र जिम्मेवारी पालना हुन नसकेको तथ्य उजागर गरेको छ । महालेखाले वार्षिक रूपमा सरकारी बेरुजू देखाउँदै आवश्यक सुझाव दिए पनि सुझाव कार्यान्वयनमा भने सरकार उदासीन देखापरेको छ । साथै सरकारी कामकारबाहीमा पारदर्शिता खोज्ने तथा भ्रष्टाचार नियन्त्रणको अभियान चलाउने स्वतन्त्र संस्थाहरूको पनि यसप्रति चासो त्यति देखिँदैन । सरकारी खर्च नियमसम्मत भएन र त्यसमा पारदर्शिता तथा उत्तरदायित्व भएन भने ठूलो आर्थिक उच्छृंखलता निम्तिन्छ जसले भ्रष्टाचारलाई मलजल गर्छ, सहयोग गर्छ । महालेखाले गर्ने काम नै सरकारी खर्चमा देखिएका बेथिति उजागर गर्नु हो, सरकारलाई सचेत पार्नु हो । यसअनुसार कारबाही गर्ने काम सरकारको हो, संसद्को हो । तर, यी दुवैले यस्ता प्रतिवेदनले देखाएका बेथितिको निराकरणमा हालसम्म आफू अक्षम वा अनिच्छुक भएको मात्र साबित गर्दै आएका छन् । महालेखाको प्रतिवेदनअनुसार बेरुजूको क्षेत्र र संख्या बढ्दै गएको छ । आव २०७६/७७ मा संघीय मन्त्रालय तथा निकायमा बेरुजू २ दशमलव ८६ प्रतिशत, प्रदेश मन्त्रालय तथा निकाय मा २ दशमलव ७४ प्रतिशत र स्थानीय तहमा ५ प्रतिशत बढेको छ । बेरुजू कम गर्न विगतका वर्षहरूमा महालेखाले दिएका सुझावहरू कार्यान्वयन नभएको तथ्य यस वर्षको प्रतिवेदनले पुष्टि गर्छ । हुन त बेरुजू भनेको भ्रष्टाचार होइन, नियम नपुर्‍याई खर्च गरिएको वा खर्च गरिएअनुसार कागजात पुष्टि नभएको सबै खर्च बेरुजू हो । बेरुजू भ्रष्टाचार नभए पनि बढी बेरुजू देखिँदा भ्रष्टाचारको सम्भावना बढी हुन्छ । महालेखाले त्यही भएर समस्याहरूलाई मिहीन रूपमा केलाएर प्रत्येक वर्षको प्रतिवेदनमा नयाँनयाँ समस्या उजागर गर्ने गरेको छ । अहिले पनि गरेको त्यही हो । वास्तवमा महालेखाले समस्या देखाएका, बेरुजू देखाएका वा आपत्ति जनाएका विषयहरू साँचीकै आपत्तिजनक भने हुँदैनन् । उसले प्रचलित कानूनको कसीमा रहेर खर्चहरू भए नभएको विश्लेषण गर्छ । कतिपय खर्च उपयुक्त भए पनि प्रक्रिया नपुर्‍याएकाले आपत्तिजनक भनी महालेखाले प्रतिवेदन दिने गरेको छ । यस्ता खर्चहरूलाई कानून बनाएर त्यसअनुसार मात्रै गर्नपर्छ भन्ने महालेखाको आशय हुन्छ । उदाहरणका लागि म्युचुअल फन्डलाई दिइएको कर छूट गलत भएको प्रतिवेदन दिएको थियो । म्युचुअल फन्डलाई कर छूट दिन वाञ्छनीय नै थियो । तर, कानून बाझिएको थियो । यसलाई सच्याउन सरकारले चालू आवको बजेट अध्यादेशमा म्युचुअल फन्डलाई कर छूट दिने उल्लेख गरेको छ । अर्थात् वाञ्छनीय खर्चलाई पनि बेरुजू भनियो भनेर महालेखाका टिप्पणीलाई बेवास्ता गर्न मिल्दैन । उसले कुनै आधार समातेर बेरुजू भनेको हुन्छ, कानूनी प्रावधानलाई पक्डिएर भनेको हुन्छ । कानून बनाएर खर्च गरिए त्यसलाई महालेखाले बेरुजू भन्दैन । त्यसकारण महालेखाको प्रतिवेदनलाई सरकारले र समाजले पनि गम्भीरतापूर्वक लिनुपर्छ । सरकारी खर्च नियमसम्मत भएन र त्यसमा पारदर्शिता तथा उत्तरदायित्व भएन भने ठूलो आर्थिक उच्छृंखलता निम्तिन्छ जसले भ्रष्टाचारलाई मलजल गर्छ, सहयोग गर्छ । महालेखाले यस बर्ष पनि धेरै नयाँ विषय निकालेको छ । उदाहरणका लागि बैंक तथा वित्तीय संस्थाको मर्जरमा पाएको कर छूटको रकम मुनाफामा नदेखाएर कर छली भएकोे भन्ने विषय । यो छूट वाञ्छनीय भए पनि कानून बनाउँदा यसमा राम्ररी हेरिएनछ । साथै महालेखाले पुराना कुरा पनि दोहोर्‍याएको छ । जस्तै, बहुराष्ट्रिय कम्पनीहरूको शेयर स्वामित्व हस्तान्तरणमा कर छली भएको भन्ने विषय । यस्ता कम्पनीहरूको शेयर स्वामित्व हस्तान्तरण सम्बन्धी समाचार नेपालकै तथा विदेशका समाचार माध्यममा छ्याप्छ्याप्ती आउँदा पनि कर अनुसन्धान अधिकृतहरूले वास्ता नगरेको पाइन्छ । पत्रिकामा छापिएको समाचार भनेर बेवास्ता गर्ने तथा शेयर स्वामित्व हस्तान्तरण भएपछि कम्पनीहरूलाई दोष देखाउने प्रवृत्ति पाइन्छ । दोष त कर अधिकृत तथा अनुसन्धान अधिकृतहरूको हुनुपर्ने हो । तिनलाई कारबाही गर्ने हो भने बहुराष्ट्रिय कम्पनीहरूको यो समस्या आउने देखिँदैन । महालेखाले त खर्चको हिसाबकिताबमात्रै देखाउने हो । तर, चाहिएको त सरकारी कार्यालयहरूको वासलात नै हो । सरकारी कार्यालयहरूको चलअचल सम्पत्ति केकति छ भनेर पनि विवरण देखाउनु उपयुक्त हुन्छ । यस्तो विवरण निकाल्ने प्रणाली स्थापित भइसकेको छ र कर्मचारीहरलाई तालीम पनि दिइसकेको छ । तर, अझै यसलाई सार्वजनिक गरेको भने पाइँदैन । यो काम पनि चाँडै शुरू गर्न आवश्यक छ ।

सम्बन्धित सामग्री

महालेखाको प्रतिवेदन भन्छ– बैंकको आम्दानी अस्वाभाविक

कोभिड–१९ पछि देश आर्थिक संकटमा जुधिरहेको समयमा बैंक तथा वित्तीय संस्थाहरूले ‘अस्वाभाविक’ आम्दानी गरेको महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदनको निष्कर्ष छ । प्रतिवेदनले बैंक तथा वित्तीय संस्थाहरूको ब्याज खर्चभन्दा बढी आम्दानी...

फेवा ‘सिल्ट्रेसन’ बाँध कमसल

फेवातालको मुहानमा बनाइएको ‘सिल्ट्रेसन ड्याम’ (बाँध) कमसल तथा कम गुणस्तर भएको पाइएको छ । महालेखा परीक्षक– २०७९ को प्रतिवेदनले फेवा मुहानमा बनाइएका ड्याम प्राकृतिक विपत्को कारणले नभई कमसल निर्माणले भत्किएको निष्कर्ष निकालेको हो । महालेखाको प्रतिवेदनले ड्याम निर्माण गर्दा गुणस्तरमा ध्यान नदिएको उल्लेख गरेको छ । कम गुणस्तर बनाउँदा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ ।

गाउँपालिकाले बाँड्यो १६ लाख ४६ हजार रुपैयाँको साडी

३० असार, काठमाडौं । सर्लाहीको बसबरिया गाउँपालिकाले साढे १६ लाख रुपैयाँ बराबरको साडी वितरण गरेको पाइएको छ । महालेखा परीक्षकको ५९औं प्रतिवेदन अनुसार सो गाउँपालिकाले जनप्रतिनिधिमार्फत उक्त रकम बराबरको साडी खरीद गरेर वितरण गरेको खुलेको छ । यसरी साडी वितरण गर्नु प्रतिफल नदिने कार्यक्रम भएकाले खर्च नियमसम्मत नदेखिएको निष्कर्ष समेत महालेखाको रहेको छ । स्थानीय […]

ओली सरकारले मनपरी खर्च गरेको आन्तरिक लेखापरीक्षणको निष्कर्ष

काठमाडौँ– केपी शर्मा ओली नेतृत्वको पूववर्ती सरकारले वित्तीय अनुशासन विपरित मनपरी खर्च गरेको सरकारको आन्तरिक लेखापरीक्षणले देखाएको छ ।सरकारको आन्तरिक लेखापरीक्षण निकाय– महालेखा नियन्त्रक कार्यालयले अर्थमन्त्री जनार्दन शर्मा र महालेखा परीक्षक टंकमणी शर्मालाई बुझाएको आर्थिक वर्ष २०७७–७८ को लेखापरीक्षण प्रतिवेदनले गत…

ओली सरकारले मनपरी खर्च गरेको आन्तरिक लेखापरीक्षणको निष्कर्ष

काठमाडौँ– केपी शर्मा ओली नेतृत्वको पूववर्ती सरकारले वित्तीय अनुशासन विपरित मनपरी खर्च गरेको सरकारको आन्तरिक लेखापरीक्षणले देखाएको छ ।सरकारको आन्तरिक लेखापरीक्षण निकाय– महालेखा नियन्त्रक कार्यालयले अर्थमन्त्री जनार्दन शर्मा र महालेखा परीक्षक टंकमणी शर्मालाई बुझाएको आर्थिक वर्ष २०७७–७८ को लेखापरीक्षण प्रतिवेदनले गत…

सिन्धुपाल्चोकका स्थानीय तहमा बेथितिः कामै नगरी भुक्तानी, अनुदानको पैसाले वनभोज

३ जेठ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका स्थानीय तहमा करोडौ रुपैयाँ अनियमितता भएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७३/७४ मा गरेको लेखापरीक्षणका क्रममा जिल्लाका विभिन्न स्थानीय तहमा अनियमितता भएको निष्कर्ष निकालेको हो ।र महालेखाले करोडौं बेरुजु रहेको र त्यो तत्काल असुल गर्न निर्देशन समेत दिएको छ । १२ स्थानीय तह मध्ये …

अडिट नै नगरी बसे अब राज्यले सहन सक्दैन - Karobar National Economic Daily

महालेखा परीक्षकको कार्यालयले आगामी भदौ मसान्तसम्म लेखापरीक्षण नगर्ने सार्वजनिक संस्थानका प्रमुखलाई कारबाही गर्ने चेतावनी दिएको छ । संस्थानहरूले वर्षांैदेखि लेखापरीक्षण नगरेको र वित्तीय अनुशासनको पालना नगरेको निष्कर्ष निकाल्दै महालेखाले लामो…