सरकारले आफ्नै भू–उपग्रह बनाउने पहल थालेको छ : सञ्चारमन्त्री रेखा शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले आफ्नै भू–उपग्रह र सफ्टवेयर निर्माणको पहल थालेकोे बताएकी छन् ।  राजधानीमा आज शुरु भएको एशिया–प्यासिफिक एड्भान्स नेटवर्क (एपान)को ५५औं अन्तरराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित गर्न यस्तो पहल थालेको बताएकी हुन् । त्यसका लागि उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोग र थप लगानी प्राथमिकतामा राखेको उनले बताइन् ।  उनले सूचना प्रविधिसम्बन्धी कानुन परिमार्जन, आवश्यक नीति निर्माण, साइबर सुरक्षाका लागि सचेतना, सार्वजनिक तथा निजी तथ्याङ्कको सुरक्षालगायत क्षेत्रमा ध्यान गएको बताइन् । डिजिटल नेपाल फ्रेमवर्कले डिजिटल समाज निर्माणको लक्ष्य राखेको जनाउँदै उनले सबै नागरिकमा आधुनिक प्रविधिको पहुँच सुनिश्चित गर्ने र यसलाई आममानिसको जीवनस्तर सुधार गर्न प्रयोग गर्न सकिनेमा सरकार विश्वस्त रहेको बताइन् ।  ‘फ्रेमवर्कमा डिजिटल साक्षरता प्रवद्र्धन, डिजिटल पूर्वाधार विस्तार र सूचना प्रविधि क्षेत्रमा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने नीति, रणनीति र कार्यक्रम समावेश छन्,’ उनले भनिन्, ‘हाम्रो लक्ष्य भनेको प्रविधिको उच्चतम् प्रयोग गरी नयाँ नयाँ अवसर सिर्जना गर्ने र मुलुकको आर्थिक समृद्धि हासिल गर्ने हो ।’  वैज्ञानिक अनुसन्धान, आविष्कार र नवपर्वतन विकासको मेरुदण्डका रुपमा रहेको भन्दै उनले अनुसन्धानमार्फत नै नयाँ प्रविधिहरू पत्ता लगाउन, नयाँ अवसर पहिचान गर्न र जटिल समस्या समाधान गर्न सकिने बताइन् ।  अनुसन्धानमा लगानी बढाउनुपर्ने आवश्यकता झन् बढ्दै गएको उल्लेख गर्दैै उनले यसका लागि सरकार सबै क्षेत्रसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पारिन् । सूचना प्रविधि अत्यन्तै सम्भावना बोकेको क्षेत्रका रुपमा रहेको जनाउँदै उनले नेपालले यसबाट उच्चतम लाभ लिनसक्ने विश्वास व्यक्त गरिन् ।  ‘हामी बर्सेनि हजारौंको संख्यामा सूचना प्रविधिका दक्ष जनशक्ति उत्पादन गर्न सक्ने क्षमतामा पुगेका छौं । इन्टरनेटको पहुँच पनि उल्लेख्य मात्रामा बढिरहेको छ । तसर्थ नेपालमा रोजगारीका अवसर सिर्जना गर्दै विदेशका कामसमेत नेपालमा आउटसोर्सिङ गर्न सके यसले नेपालको अर्थतन्त्रमा टेवा पु¥याउने छ,’ उनले भनिन् ।  सूचना प्रविधिको प्रयोग विकासोन्मुख देशमा अझ बढी आवश्यक रहेको जनाउँदै उनले सूचना प्रविधिको माध्यमबाट गरिबी न्यूनीकरण गर्न सकिने बताइन् । ‘सूचना प्रविधिको विकास र पहुँच स्थापना गर्न सके यसले महामारी व्यवस्थापनमा ठूलो सहयोग गर्नेछ । यसले देशको समग्र आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पनि गर्नेछ,’ मन्त्री शर्माले भनिन् ।  प्रविधिको विकाससँगै ‘डिजिटल डिभाइड’ पनि बढ्दै गएको उल्लेख गर्दै उनले डिजिटल डिभाइडको खाडललाई कम गर्दै सूचना प्रविधिले सबैका लागि समान अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताइन् ।  सन् २०१९ मा तयार गरी अगाडि बढाइएको डिजिटल नेपाल फ्रेमवर्कले राज्यका बहुआयमिक विषयलाई सूचना प्रविधिको सहयोगले द्रूत विकास गर्ने परिकल्पना गरेको जानकारी दिँदै उनले विभिन्न क्षेत्रमा फ्रेमवर्क अनुसारका गतिविधि अगाडि बढाउने प्रयास गरिएको बताइन् ।  पाँच दिनसम्म चल्ने सम्मेलनमा सूचना प्रविधिको कार्यान्वयनमार्फत् प्रकोप व्यवस्थापन, कृषिको आधुनिकीकरण, मानव स्वास्थ्य र चिकित्सकीय प्रविधि, तथ्याङ्कमा आम नागरिको पहुँच, इन्टरनेट सुरक्षा र जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभावका विषयमा छलफल हुनेछ । रासस

सम्बन्धित सामग्री

सरकारी सञ्चारमाध्यमहरू भजनमण्डली बन्न हुँदैन : सञ्चारमन्त्री रेखा शर्मा (भिडिओ)

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चारमाध्यमहरू भजनमण्डलीबाट टाढा रहनुपर्ने बताएकी छन् । सोमबार रेडियो नेपालको ७३ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले सरकारको तर्फबाट पनि सञ्चालन भइरहेको उल्लेख गर्दै सञ्चारमाध्यम भजनमण्डली हुनु हुँदैन भनेर नै सैद्धान्तिक मान्यताअनुसार प्रशारण ऐन संसदमा प्रस्तुत भएको बताइन् । सरकारले आम सञ्चार ऐन र मिडिया काउन्सिल […]

सञ्चारमन्त्री शर्मा र मेयर साहबीच भेटवार्ता

सूचना तथा सञ्चारमन्त्री रेखा शर्मा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच आज भेटवार्ता भएको छ। काठमाडौं महानगरभित्रको तार व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा  मन्त्री र मेयरबीच छलफल भएको छ।  मन्त्री शर्माले तार...

पहिलो मातृभाषी पत्रकारलाई राज्यको मान्यता देऊ : दबु

काठमाडौं । नेवाः पत्रकार राष्ट्रिय दबुले नेपाल टेलिभिजनमा नेपाल भाषाका माध्यमबाट पनि समाचार प्रसारण गर्नका लागि आवश्यक पहल गर्न सञ्चारमन्त्री रेखा शर्मा र नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बललाई ध्यानाकर्षणपत्र बुझाएको छ । दबुका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको नेतृत्वमा मन्त्री शर्मालाई बुझाइएको ध्यानाकर्षणमा मातृभाषा पत्रकारिताको विकास र विस्तारका लागि राज्यबाट थप सहुलियत, सुविधालाई नीतिगत रूपमा सम्बोधन गर्न […] The post पहिलो मातृभाषी पत्रकारलाई राज्यको मान्यता देऊ : दबु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सञ्चारमन्त्री रेखा शर्मा सरकारको प्रवक्ता

काठमाडाैं। सरकारको प्रवक्ताको जिम्मेवारी सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले पाएकी छन् । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले मन्त्री शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो । नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित सांसद रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधि मन्त्री भएकी हुन् । प्रतिनिधि सभा सदस्य निर्वाचनमा ...

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार, को को भए मन्त्री ?

काठमाडौं, माघ ३। प्रधानमन्त्री पुष्पकमल दाहालले आज मन्त्रीपरिषद् विस्तार गरी २३सदस्यीय बनाएका छन्। आज थपिएकामा उर्जामन्त्री राजेन्द्र लिङ्देन,सञ्चारमन्त्री रेखा शर्मा,सहरीमन्त्री विक्रम पाण्डे,परराष्ट्रमन्त्री डा.बिमला राई पौड्याल,स्वास्थ्यमन्त्री पदम गिरी,महिलामन्त्री भगवती चौधरी,रक्षामन्त्री हरिप्रसाद उप्रेती,संस्कृतिमन्त्री सुदन किराती, संघीयमन्त्री अमनलाल मोदी, शिक्षामन्त्री शिशिर खनाल, श्रममन्त्री डोलप्रसाद अर्याल, कानुनमन्त्री ध्रुवबहादुर प्रधान, संस्कृति राज्यमन्त्री सुशिला सिर्पाली ठकुरी,स्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्की र उर्जा राज्यमन्त्री दिपकबहादुर सिंह रहेका छन्।

सञ्चारमन्त्री रेखा शर्मा सम्मानित

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई सर्लाहीको बागमती नगरपालिकाले सम्मान गरेको छ ।