‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रममार्फत ९६ छोरीको बैंकमा खाता

कैलालीको टीकापुर नगरपालिकाले शुरु गरेको ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रममार्फत टीकापुरका ९६ जना बालिकाको बैंक खाता खोलिएको छ । बालविवाह अन्त्य गर्ने उद्देश्यले कैलालीको नगरपालिकाले ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रमको शुरु गरेपछि साउनयता ९६ जना छोरीको बैंक खाता खोलिएको हो ।