प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

आज आईतबार बस्ने प्रतिनिधिसभा बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा बैठकअघि ११ः३० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दैछ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रतिनिधिसभाको कार्यसूची तय गर्नेछ । एमसीसी टेबल गर्ने कि नगर्ने भन्ने विषयमा बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ ।