सुदूरपश्चिम कांग्रेसमा देउवा समूहको प्यानलै विजयी

नेपाली कांग्रेस सुदूरपश्चिमको प्रदेश सभापतिमा पूर्वमन्त्री वीरबहादुर बलायर विजयी भएका छन् । संस्थापन समूहबाट उम्मेदवार बनेका बलायर फराकिलो मतान्तरले विजयी भएका हुन् ।