प्रधानमन्त्रीकाे पुत्ला दहनसहित युवासंघद्वारा विराेध प्रदर्शन (फाेटाेफिचर)

काठमाडौं : नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले देशलाई श्रीलंकाको बाटोमा लैजान लागेको भन्दै सरकारविरुद्ध प्रदर्शन गरेको छ।प्रदर्शनमा ‘हतियारको खेलोमा, श्रीलंकाको मेलोमा, गठबन्धनको उपहार महँगी र भ्रष्टाचार’, जस्ता सरकारविरोधी नारा लगाइएका थिए। प्रदर्शनमा संघका कार्यकर्ताले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला पनि दहन गरेका थिए।हतियार किन्ने निर्णय नरोकिएसम्म आन्दोलन निरन्तर लैजाने अध्यक्ष किरण पौडेलले जानकारी दिए। (फाेटाेफिचर)

सम्बन्धित सामग्री

मन्त्री ज्वालालाई बर्खास्तीको माग गर्दै पुत्ला दहन, तस्वीरमा

काठमाडौँ : बालाकुमारी घटनामा दोषी औँल्याइएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्तीको माग गर्दै आज प्रदर्शन भएको छ।उनीमाथि कानुनी कारबाहीको माग गर्दै अनेरास्ववियुले त्रिचन्द्र क्याम्पस अगाडि मसाल जुलुस निकाल्दै प्रदर्शन गरेको हो। सो क्रममा उनीहरुले मन्त्री ज्वालाको पुत्ला दहन पनि गरेका थिए।

युवा संघद्धारा प्रधानमन्त्री ‘प्रचण्ड’को पुत्ला दहन(तस्बिरहरू )

काठमाडौं,१६ वैशाख । मुलुकमा शान्ति सुरक्षा कायम गर्न नसकेको र अयोग्य लडाकुलाई अनावश्यक रकम दिन लागिएको भन्दै नेकपा (एमाले)निकट राष्ट्रिय युवा संघका नेता–कार्यकर्ताले प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् । शनिबार काठमाडौंको नयाँ बानेश्वरमा विरोध प्रदर्शन गर्दै उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुतला दहन गरेका हुन् । अयोग्य लडाकुलाई दुई लाख रुपैयाँका दरले राहत दिने गरी […]

जनकपुरमा राष्ट्रपतिको पुत्ला दहन

जनकपुर । नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा मधेश केन्द्रित दलहरुले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध विरोध प्रदर्शन गर्दै राष्ट्रपतिको पुत्ला दहन गरेका छन् । दलहरुले राष्ट्रपति भण्डारीको मधेशका राजधानी जनकपुरधामस्थित जनक चोकमा पुत्ला दहन गरेका हुन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ले नगरमा विरोध जुलुस […]

हेटौँडामा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डको पुत्ला दहन

काठमाडौँ । हेटौँडामा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्बिर जलाइएको छ । नागरिकता विधेयकको विरोधमा राप्रपा मकवानपुरले हेटौँडामा राँके जुलुससहित प्रदर्शन गर्दै प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डको पुत्ला दहन गरेका हुन् । शुक्रवार साँझ राप्रपाले नागरिकता विधेयक, भ्रष्टाचार र अन्य समसामयिक विषयमा विरोध प्रदर्शन गरेको हो । उनीहरूले राष्ट्रघाती […]

प्रदेशको नाम मधेस राखेको विरोधमा जनकपुरमा पुत्ला दहन

जनकपुरधाम– प्रदेश २ को नाम मधेस राखिएको विरोधमा प्रदर्शन जनकपुरधाममा प्रदर्शन भएको छ । २२ जिल्लामा फैलिएको मधेसलाई आठ जिल्लामा सीमित गरेको भन्दै युवाहरूले जनकपुरको जानकी चोकमा प्रदेश सांसदहरूको पुत्ला दहन गरेका छन् । युवा अभियन्ता सुशील कर्णको अगुवाइमा जानकी चोकमा युवाहरूले आठ जिल्लालाई मधेस प्रदेश मान्दैनौँ, प्रदेशको नाम मिथिला भोजपुरा कायम गर भन्दै पुत्ला […]

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध प्रधानमन्त्रीको पुत्ला दहन (भिडियो)

काठमाडौँ– पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै प्रमुख प्रतिपक्षी निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ । बिहीबार अनेरास्ववियुले प्रदर्शनी मार्गस्थित आरआर क्याम्पसबाट विरोध प्रदर्शन सुरु गरेको थियो । त्यसपछि पुत्ला दहन गरिएको थियो । पुत्ला दहनमा प्रहरीले हस्तक्षेप गरी आगो निभाएको थियो । नेपाल आयल निगमले बुधबार रातिबाट लागू हुनेगरी […]

अनेरास्ववियूले मीनभवन क्याम्पस अगाडि गर्‍यो गृहमन्त्रीको पुत्ला दहन

काठमाडौँ । माधवकुमार नेतृत्वको नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले गृहमन्त्री बालकृष्ण खाँडको पुत्ला दहन गरेको छ । दार्चुलामा नेपाली युवक तुइनबाट महाकालीमा खसेको विषयलाई लिएर गरेको विरोध प्रदर्शनबारे गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर आपत्ति जनाएको विरोधमा अनेरास्ववियूले गृह मन्त्रीको पुत्ला जलाएको हो । अनेरास्ववियूले मीनभवनस्थित नेपाल कमर्स क्याम्पसको बाहिर गृहमन्त्रीको पुत्ला दहनसहित प्रदर्शन गरेको […]

संयुक्त विद्यार्थीद्वारा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको पुत्ला दहन

मध्यपश्चिम विश्वविद्यालयका आन्दोलनरत विद्यार्थी संयुक्त विद्यार्थीले मंगलबार उपकुलपति  एवम् रजिस्ट्रारको पुत्ला दहन सहित राँके जुलुस प्रदर्शन गरेका छन् ।  उपकुलपतिले हजारौँ विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न खोजिरहेको आरोप लगाउँदै विद्यार्थीहरू चरणबद्ध आन्दोलनमा जुटेका हुन् ।  मंगलबार साँझ विश्वविद्यालय परिसरमा ‘नालायक भिसी चाहिँदैन, विद्यार्थीको भविष्य बिगार्न पाइँदैन,  भिसी चोर विश्वविद्यालय छोड, संयुक्त विद्यार्थी आन्दोलन जिन्दाबाद’ लगायतका नाराहरू ल

माधव नेपालको पुत्ला दहन

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उनकै पार्टीका कार्यकर्ताले पुत्ला दहन गरेका छन् । सोमवार नेता नेपालको निर्वाचन क्षेत्रस्थित बालकुमारीमा केपी ओली निकट राष्ट्रिय युवासंघ नेपालले पार्टीको विरुद्धमा लागेको भन्दै नेता नेपालको पुत्ला दहन र सांकेतिक प्रदर्शन गरेको हो ।   प्रदर्शनमा युवासंघका स्थायी समिति सदस्य महेश चौलागाईंले नेता नेपाल पार्टीमा एक कलंकको टीका भएको बताए । उनले नेपालसहित फ्लोर क्रस गर्ने २२ जना सांसदको निर्वाचन क्षेत्रमा पनि आज प्रदर्शन कार्यक्रम भएको बताए ।