सरकारले नेपाल सरकार र बेलायत सरकार बीचको द्विपक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ । जेठ ३१ गतेको मन्त्रिपरिषद् बैठक निर्णय सुनाउँदै बिहीबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञोनेन्द्रबहादुर कार्कीले नेपाल सरकार र बेलायत सरकारबीच श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको बताएका हुन् ।