एमाले महाधिवेशन: भारतसहित ४ मुलुकका विदेशी पाहुना सहभागी हुने, अन्य २५ देशले पठाए शुभकामना सन्देश

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका र कम्बोडियाका ८ राजनीतिक दलका नेताहरू सहभागी हुने भएका छन् । चीनलगायत अन्य २५ देशका दलहरूले भने शुभकामना सन्देश पठाएका छन् । एमालेको विदेश मामिला विभागले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शुक्रबारदेखि हुने राष्ट्रिय महाधिवेशनमा सहभागी हुने विदेश पाहुनाका विषयमा जानकारी दिएको हो ।

सम्बन्धित सामग्री

एमाले महाधिवेशनमा चार देशका विदेशी पाहुना सहभागी हुने

काठमाण्डाै – नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनमा एमालेको निमन्त्रणा स्वीकार गरी आठ वटा विदेशी पार्टीका १५ जना पाहुना उपस्थित हुने भएका छन् । महाधिवेशनको पूर्वसन्ध्यामा आज बिहीवार नेकपा (एमाले) विदेश मामिला विभागले काठमाण्डाैमा पत्रकार सम्मेलन गरी भारत, बङ्गलादेश, श्रीलङ्का र कम्बोडियाबाट आठ वटा पार्टीका १५ जना पाहुना महाधिवेशनमा उपस्थित हुने पक्का भएकाे बताएको हो । यसका साथै २५ देशबाट महाधिवेशनका लागि शुभकामना सन्देश प्राप्त भएको एमाले विदेश मामिला विभागका प्रमुख तथा महाधिवेशन अतिथि सत्कार समितिका सं...