बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १० महिनाको वस्तु आयात मात्र धान्ने

काठमाडौं। पछिल्लो पाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १०महिनाको वस्तु आयात र ८.७महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०७९मंसिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमशः २६.६प्रतिशत,७२.६प्रतिशत र २३प्रतिशत रहेका छन्। विदेशी विनिमय सञ्चिति १२खर्ब ९२अर्ब ५६करोड रुपैयाँ रहेको छ।

सम्बन्धित सामग्री

विदेशी विनिमय सञ्चिति १३.८ प्रतिशतले वृद्धि भई १३ खर्ब ८३ अर्ब पुग्यो

काठमाडौं, २९ फागुन। नेपाल राष्ट्र बैंकले कुल विदेशी विनिमय सञ्चिति १३.८प्रतिशतले वृद्धि भई २०७९माघ मसान्तमा १३खर्ब ८३अर्ब ३३करोड रुपैयाँ पुगेको जनाएको छ। आर्थिक वर्ष २०७९/८०को सात महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १०.८महिनाको वस्तु आयात र ९.४महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। २०७९असार मसान्तमा विदेशी विनियमय सञ्चिति १२खर्ब १५अर्ब ८०करोड रुपैयाँ रहेको थियो।

विदेशी मुद्राको सञ्चिति झन् घट्यो

२७ जेठ, काठमाडौं । सरकारले विलासिताका वस्तु आयातमा गरेको कडाइका बाबजुत पनि विदेशी मुद्रा सञ्चितिमा कमी आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार विदेशी विनिमय सञ्चिति वैशाख मसान्तसम्म ११४६ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । चैत मसान्तसम्म विदेशी विनिमय सञ्चिति ११६७ अर्ब ९२ करोड रुपैयाँ रहेको थियो । यस्तो सञ्चितिले ७.३४ महिनाको वस्तु आयात […]

अर्थतन्त्र संकटमा परेको संकेत

काठमाडौं, चैत ३०। बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७ दशमलव ४ महिनाको वस्तु आयात र ६ दशमलव ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने नेपाल राष्ट्र बैंकले जनाएको छ । मंगलबार आठ महिनाको प्रतिवेदन सार्वजनिक गर्दैै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा विदेशी विनिमय सञ्चिति २०७८ फागुन मसान्तमा शून्य दशमलव ९ प्रतिशतले […]

अर्थतन्त्र संकटमा परेको संकेत

काठमाडौं । बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७ दशमलव ४ महिनाको वस्तु आयात र ६ दशमलव ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने नेपाल राष्ट्र बैंकले जनाएको छ । मंगलबार आठ महिनाको प्रतिवेदन सार्वजनिक गर्दैै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा विदेशी विनिमय सञ्चिति २०७८ फागुन मसान्तमा शून्य दशमलव ९ प्रतिशतले कमी […] The post अर्थतन्त्र संकटमा परेको संकेत appeared first on राजधानी राष्ट्रिय दैनिक.

विदेशी विनिमय सञ्चिति २ अर्ब घट्यो, वस्तु तथा सेवा आयात धान्ने अवधि स्थिर

चैत २९, काठमाडौं । आर्थिक वर्ष (आव) २०७८/ ७९ को फागुनामा विदेशी विनिमय सञ्चिति २ अर्ब घटेको छ । विदेशी मुद्रा सञ्चिति घट्दै गएको भएपनि वस्तु तथा सेवा किन्न सक्ने क्षमता गत महीना कै सरह रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।   राष्ट्र बैंकले सार्वजनिक गरेको आठ महीनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार फागुनमा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ७.४ महीनाको वस्तु आयात र ६.७ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको उल्लेख छ ।  गत महीना पनि ७.४ महीनाको वस्तु आयात र ६.७ महीनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने मुद्रा सञ्चिति थियो ।  त्यसैगरी गत असार मसान्तसम्म १३ खर्ब ९९ अर्ब रूपैयाँ मुद्रा सञ्चिति थियो । असारको तुलनामा फागुनमा सञ्चिति १६ दशमलव ३० प्रशितले कमी आएको हो ।

विदेशी विनिमय संचिति घट्दो क्रममा, ७ महिनाको आयात धान्न पनि नपुग्ने अवस्थामा

नेपालको कुल विदेशी विनिमय संचित घट्दो क्रममा रहेको छ। २०७८ असार मसान्तमा रु.१३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.२ प्रतिशतले कमी आई २०७८ मंसिर मसान्तमा रु.१२१४ अर्ब ३ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ मंसिर मसान्तमा १४.७  प्रतिशतले कमी आई १० अर्ब ३ करोड कायम भएको छ ।कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा रु.१२४४ अर्ब ६३ करोड रहेकोमा २०७८ मंसिर मसान्तमा १२.९ प्रतिशतले कमी आई रु.१०८४ अर्ब ६४ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा रु.१५४ अर्ब ३९ करोड रहेकोमा २०७८ मंसिर मसान्तमा १६.२ प्रतिशतले कमी आई रु.१२९ अर्ब ४० करोड कायम भएको छ । २०७८ मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५.१ प्रतिशत रहेको छ ।आर्थिक वर्ष २०७८÷७९ कोपाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.५ महिनाको वस्तु आयात र ६.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०७८ मंसिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (अघिल्लो आर्थिक वर्षको), कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २८.५ प्रतिशत, ५६.९ प्रतिशत र २३.२ प्रतिशत रहेका छन् । २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए ।

विदेशी मुद्रा सञ्चिति घट्दै, जनजीवनमा कस्तो असर पर्छ ?

चालु आर्थिक वर्षको पहिलो तीन महिना (भदौ मसान्तसम्म) विदेशी विनिमय सञ्चिति ९३ अर्ब रुपैयाँले घटेको छ । तीन महिनामै कूल विदेशी विनिमय सञ्चिति ६.६ प्रतिशतले घटेको हो । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ साल असार मसान्सम्ममा विदेशी विनिमय सञ्चिती १३ खर्ब ९९ अर्ब रुपैयाँ थियो । भदौ महिनासम्म यो परिमाण घटेर १३ खर्ब ६ अर्ब ९५ करोड रुपैयाँमा सीमित भएको छ । हाल नेपालसँग रहेको विदेशी विनिमय सञ्चितिबाट ८.६ महिनाको वस्तु आयात र ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जानकारी दिएको