‘दुई धार’ को चुनौतीबीच बागमतीका मुख्यमन्त्री जम्मकट्टेलको सत्तारोहण

हेटौंडा : नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेल बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन्।११० सदस्यीय बागमती प्रदेशसभाका ७० सांसदको समर्थनमा जम्मकट्टेल मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले जम्मकट्टेललाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।उनलाई नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रको २१ ,राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सांसदको समर्थन छ। बागमती प्