विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठलाई थुनामा पठाउने आदेश

काठमाडौं । शंकास्पद कारोबारमा पक्राउ परेका व्यवसायी अमित श्रेष्ठलाई थुनामा पठाउने आदेश भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले श्रेष्ठलाई थुनामा पठाउने आदेश जारी गरेको हो । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले श्रेष्ठविरुद्ध राष्ट्र बैंक ऐन २०५८ अन्तर्गत ४८ करोड रुपैयाँ बिगो, बिगोको तेब्बरसम्म जरिवाना वा सात वर्षसम्म कैद वा दुवै सजाय […]