नबिल बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता

काठमाडौं । नबिल बैंक र खल्ती डिजिटल वालेटबीच मोबाइल भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले नबिल स्मार्टबैंक (मोबाईल बैंकिङ) सेवा प्रयोग गरीे खल्ती वालेटमा पैसा लोड गर्न सक्नेछन् । त्यस्तै नबिल बैंकका ग्राहकहरूले अब खल्तीको प्लेटफर्ममा उपलब्ध कुनै पनि प्रकारको डिजिटल भुक्तानीहरू गर्न सक्ने बैंकले जनाएको छ । खल्ती...

सम्बन्धित सामग्री

नबिल बैंक–खल्ती डिजिटल वालेट सम्झौता

काठमाडौं (अस) । अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी खल्तीले नबिल बैंकसँग सम्झौता गरेको छ । सम्झौतापछि नबिल बैंकका ग्राहकले नबिल स्मार्टबैंक (मोबाइल बैंकिङ एप) मार्फत खल्तीमा पैसा लोड गर्न सक्नेछन् । साझेदारीसँगै बैंकका ग्राहकले अब खल्ती वालेटमा बिनाझन्झट नबिल स्मार्टबैंक एप खोलेर खल्तीमा पैसा राख्न सक्नेछन् । खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का बताउँछन् यो साझेदारीले बैंक तथा वालेटका ग्राहकलाई सहज भुक्तानी सेवा उपलब्ध हुने खल्तीका सीईओ विनय खड्काले बताए । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बैंकका ग्राहकलाई डिजिटल भुक्तानी सेवा पु¥याउन खल्तीसँग सहकार्य गरिएको जानकारी दिए । खल्ती डिजिटल वालेटले मोबाइल र टिभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन सपिङलगायत सेवाको डिजिटल भुक्तानी तथा रकम आदान–प्रदान सेवा दिइरहेको छ । नबिल बैंकले १३५ शाखा, १८७ एटीएमबाट बैंकिङ सेवा दिँदै आएको छ ।

अब नबिल बैंकको मोबाइल बैंकिंङ्गबाट ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न सकिने

नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले नबिल बैंक लिमिटेडसँग सम्झौता गरेको छ । जसको अनुसार नबिल बैंकका ग्राहकहरुलाई नबिल स्मार्टबैंक (मोबाइल बैंकिङ्ग एप) मार्फत् खल्तीमा पैसा लोड गर्न सम्भव बनाएको छ। यो साझेदारीसँगै नबिल बैंकका ग्राहकहरूले अब खल्ती वालेटमा बिना झन्झट सिधै बैंकको नबिल स्मार्टबैंक एप खोलेर खल्तीमा पैसा राख्न सक्नेछन् ।  उक्त सम्झौता को बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का छन् : यो पार्टनरसिपले समस्त बैंक तथा वालेटको ग्राहकमा सरल र सहज भुक्तानीको से...