कञ्चनपुर– सडक दुर्घटना बढ्दै जान थालेपछि प्रहरीले ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ । सडक दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक र्याली आयोजना गर्ने, पर्चा, पम्पलेट वितरण गर्ने, चालकलाई सिटबेल्ट बाँध्न सिकाउनेलगायत कार्य प्रहरीले अगाडि बढाएको छ । “मोटरसाइकल दुर्घटनाका घटना केही समयदेखि निकै बढ्दै गएका छन्”, इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले भने “मादक […]