चितवन- चितवनको रत्ननगर नगरपालिका–५ मगरटोलमा हिजो साँझ कारको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक घाइते भएकी छन् । मृत्यु हुनेमा स्थानीय ४२ वर्षीया सेतीमाया घलान अधिकारी रहेकी छन् । गैरीबारी रिसोर्ट तर्फ जाँदै गरेको बा २० च ४११४ नम्बरको कारको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सोही […]