दिक्तेल रुपाकोट मझुवागढी मेयरमा कांग्रेस, उपमेयरमा माओवादी केन्द्र

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन्।  गठबन्धनकातर्फबाट उठेका कांग्रेसका मेयरका उम्मेदवार तिर्थराज भट्टराई र माओवादी केन्द्रका उपमेयरका उम्मेदवार बिसन राई विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  भट्टराई एमालेका मेयरका उम्मेदवार कुमार आचार्यलाई ४३९३ मतले पछि पार्दै मेयरमा विजयी बनेका हुन् । भट्टराईले ११३८९ मत पाउँदा आचार्यले ६९९६ मत पाएको कार्यालयले जनाएको छ । उपमेयर निर्वाचित बिसनले १०४३८ मत पाउनु भएकाे छ भने उहाँकाे ...