तीन सय मिटरको फरकमा दुई अदालत, तर साढे २ महिनामा पनि पुगेन मिसिल

अदालती प्रक्रिया कति सुस्त छ भन्ने बुझ्नका लागि यो एउटा उदाहरण काफी छ । उच्च अदालत पोखरा र कास्की जिल्ला अदालतबीचको दुरी करिब तीन सय मिटर छ । हिँडेरै जाने हो भने पनि यी दुई अदालत पुग्न बढीमा ७ मिनेट लाग्छ । तर, उच्च अदालत पोखराले कास्की जिल्ला अदालतलाई गएको भदौ २९ गते पत्र काटेर मिसिल उपलब्ध गराइदिन आग्रह गरेपनि साढे २ महिना हुँदासमेत उक्त मिसिल उच्च अदालत पुग्न सकेको छैन ।कास्की जिल्ला अदालतले जवरजस्ती करणी मुद्दामा दोषी ठहर गरेका एक बालकका तर्फबाट दायर भएको पुनरावेदन रिटमा कास्की जिल्ला अदालतल