४३ देशका ४ करोड ५० लाख मानिस भोकमरीको चरम संकटमा

काठमाडौं : विश्व खाद्य कार्यक्रम डब्ल्युएफपीले ४३ देशका ४ करोड ५० लाख मानिस भोकमरीको चरम संकटमा परेको जनाएको छ।यो वर्षमात्रै भोकमरीको उच्च मारमा पर्ने मानिसको संख्या ३० लाख थपिएको डब्ल्युएफपीको तथ्यांक छ। राष्ट्र संघीय खाद्य एजेन्सीले विज्ञप्ति जारी गर्दै सन् २०२१ को सुरुवातमा ४ करोड २० लाख मानिस उच्च भोकमरीमा रहेकोमा यो संख्या ३० लाखले बढेको हो। सन् २०१९ मा विश्वभर भोकमरीको मारमा रहेका मानिसको संख्या २ करोड ७० लाख थियो। अत्यधिक भोकमरीको सामना गर्नेमा अफगानिस्तान, इथियोपिया, हाइटी, सोम