टोकियो ओलम्पिकः अर्जेन्टिना अष्ट्रेलियासँग पराजित

एजेन्सी। पूर्व स्वर्ण पदक विजेता अर्जेन्टिना टोकियो ओलम्पिकको पुरुष फुटबलमा अष्ट्रेलियासँग २–० ले पराजित भएको छ। पहिलो हाफको इन्जुरी समयमा फ्रान्सिस्को ओर्टेगाले रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भयो। अष्ट्रेलियाका लचलन वाल्स र मर्को टिलिओले गोल गरे। जितसँगै अष्ट्रेलिया समूह सीको शीर्ष स्थानमा छ। यही समूहमा यसअघि स्पेन र इजिप्टले गोलरहित बराबरी खेले।

सम्बन्धित सामग्री

टोकियो ओलम्पिकः फुटबलमा अर्जेन्टिनाको पहिलो जित

एजेन्सी। फकुन्डो मेडिनाको गोलमा अर्जेन्टिनाले आज टोकियो ओलम्पिक पुरूष फुटबलमा इजिप्टलाई १–० ले हराएको छ। अर्जेन्टिनाको जितमा मेडिनाले ५२औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। पहिलो खेलमा अर्जेन्टिना अष्ट्रेलियासँग हारेको थियो। जितपछि अर्जेन्टिना तीन अंकका साथ समूह ‘सी’को दोस्रो स्थानमा छ। समान एक अंक जोडेको स्पेन र इजिप्ट क्रमशः तेस्रो र चौथो स्थानमा छ। अष्ट्रेलिया शीर्ष स्थानमा छ।