गृहसचिव महेश्वर न्यौपानेले बिहीवार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुबाट सशस्त्र प्रहरी बल नेपालका देशभरका बाहिनीपति, तालिम शिक्षालयका समादेशक र गणपतिलाई निर्देशन दिएका छन् ।
गृहसचिव न्यौपानेले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय र भर्चुअल माध्यममार्फत बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षकबाट देशको समग्र शान्ति सुरक्षा व्यवस्थापनमा भए गरेका काम कारवाही र संगठनका समस्या र चुनौतीबारे जानकारी लिए ।
उनले नेपाल सरकारले सशस्त्र प्रहरी बल नेपाललाई डेडिकेटेड फोर्सको रूपमा सीमा सुरक्षामा तैनाथ गराइसकेको अव...